१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दुई लाख स्कूले बालबालिकालाई जुकाको औषधि खुवाइने



सीताराम चौधरी, चन्द्रौटा, २७ कार्तिक ।
आगामी मंसिर ४ र ५ गते कपिलवस्तुका सम्पूर्ण विद्यालयमा जुकाको औषधि खुवाइने भएको छ । जिल्लाभरका सामुदायिक विद्यालयका झण्डै २ लाख बालबालिकाहरुलाई जुवाको औषधि खुवाउन लागिएको हो ।
जिल्लाको चन्द्रौटामा पहिलो पटक आयोजित नगरस्तरीय विद्यालय तथा स्वास्थ्य सम्पर्क समन्वय बैठकमा जानकारी गराइएको हो । कालिका स्वावलम्बन सामाजिक केन्द्र र सेभ द चिल्ड्रेनको कार्यक्रम अन्तर्गत त्यहाँ स्थानीय तहमा गरिने कार्यक्रमबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा शिवराज, महराजगञ्ज, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिका अन्तर्गत कालिकाको कार्यक्षेत्रका १सय ३९ विद्यालयका ३६ हजार ३सय ५० बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने तयारी गरिएको कालिका स्वावलम्बन केन्द्र चन्द्रौटाका संयोजक अजय चौधरीले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीहरुको स्वास्थ्य र शिक्षालाई लक्षित गरी जुकाको औषधि खुवाउन लागिएको उहाँले बताउनुभयो ।
सुभाष रेग्मी, अर्जुन सर र दीपक खडकाले सहजीकरण गरेका कार्यक्रममा शिवराज नगरपालिकाका कार्यकारी अधिकृत शेषकान्त पौडेल, स्वास्थ्य अधिकृत विष्णु क्षेत्री, नगरपालिकाका शिक्षा फाँट प्रमुख पूर्णबहादुर विश्वकर्मा लगायत महराजगञ्ज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका स्वास्थ्य र शिक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७४ सोमबार ००:००  ३ : ०४ बजे