१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

नेपाली कांग्रेसद्धारा चुनावी प्रचार प्रसारमा तिव्रता



ओम प्रकाश पौडेल, जितपुर, २७ कार्तिक ।
नेपाली कांग्रेश कपिलवस्तु प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ ले चुनावी भेटघाट तथा प्रचार प्रसारलाई तिव्रता दिएको छ । आज विभिन्न स्थानमा प्रचार प्रसार कार्यालयहरु स्थापना गर्नुका साथै भेटघाट तथा घरदैलो कार्यक्रमहरु सम्पन्न भएको नेपाली कांग्रेशले जनाएको छ ।
सोहि सन्दर्भमा पचेहरामा कार्यकर्ता भेला एवं प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको छ । महासमिति सदस्य ललित गुरुङको सभापतित्व, भारतका लागि पूर्व राजदुत एवं प्रतिनिधी सभा क्षेत्र नम्बर १ कपिलवस्तुका उमेद्धार दिप कुमार उपाध्यायको प्रमुख आतिथ्यता, निवर्तमान सांसद एवं नेपाली कांग्रेश निर्वाचन परिचालन समिति कपिलवस्तुका संयोजक अत्तहर कमालको विशिष्ट आतिथ्यता, क्षेत्र १ प्रदेश १ का उमेद्धार पुरन थारुको विशिष्ट आतिथ्यता, क्षेत्रीय सभापति मन्नान खाँ, जिल्ला सदस्य लोकनाथ शर्मा, टे«ड युनियन कांग्रेशका केन्द्रिय सदस्य विमला गैह्रे, पूर्व महासमिति सदस्य डोलकराम घिमिरे लगायतको आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेशका नेता कार्यकर्ता तथा स्थानियहरुको उल्लेख्य उपस्थीति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै कमालले पार्टी भित्र कुनै प्रकारको मत भिन्नता नरहेको भन्दै नेपाली कांग्रेशलाई विजयी बनाउनका लागी एक ढिक्का भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
प्रतिनिधी सभाका उमेद्धारा उपाध्यायले केहि काम नगर्ने कुरा मात्रै गर्ने कम्युनिष्टहरुको चरित्र रहेको भन्दै कांग्रेशले वोलेको कुरा पुरा गर्न गरेको स्मरण गराउँदै अब मुलुकको सम्वृद्धि नेपाली कांग्रेशको नेतृत्वमा मात्रै सम्भव भएकोले रुख चिन्हमा मत दिई अत्याधिक बहुमतका साथ कांग्रेशकै उमेद्धारहरुलाई विजयी गराउन मतदाताहरु संग अपिल गर्नुभयो ।
यस्तै आजै वाणगंगा नगरपालिका वडा ६ वैदौलीमा पनि प्रचार प्रसार कार्यालय स्थाापना भएको छ । वडा सभापति राम किसुन थारुको सभापतित्व, वडा सचिव अशोक वेल्वासेको सञ्चालन रहेको सो कार्यक्रममा प्रतिनिधी सभा उमेद्धार दिपकुमार उपाध्याय र क्षेत्र १ को १ का प्रदेश सभा उमेद्धार पुरुन थारुले भेलालाई सम्बोधन गर्नुभएको थियो ।
वाणगंगा नगरपालिका १ वैरियामा पनि प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको छ । वडा सभापति मनिराम शर्माको सभापतित्व, झलक मल्ल ठकूरीको सञ्चालन उषा नेपाल स्वागतमा सम्पन्न कार्यक्रममा प्रतिनिधी सभा उमेद्धार दिपकुमार उपाध्याय र क्षेत्र १ को १ का प्रदेश सभा उमेद्धार पुरुन थारुले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा मेयर मंगल प्रसाद थारुको पनि उपस्थिति रहेको थियो ।
यसैविच पिपरामा प्रचार प्रसार कार्यालय स्थापना भएको छ । सो कार्यक्रम रेम बहादुर रेश्मिको सभापतित्व र वडा सचिव खिमानन्द घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । यस्तै वोडगाउँको कोरियन हाउसमा सम्पन्न कार्यकर्ता भेलामा वडा सभापति गिरिराज पौडेलको सभापतित्व तथा उमेद्धारहरुको उपस्थिति रहेको थियो ।
यस्तै भोलि विहान कपिलवस्तु नगरपालिकाको वडा नम्बर ९, १० र ११ जगदिसपुर चोकमा भेला भएर वृहत ¥याली सहितको कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेश निर्वाचन प्रचार प्रसार समिति प्रतिनिधी सभा क्षेत्र नम्बर १ कपिलवस्तुले जनाएको छ ।
¥याली जगदिसपुर, जर्लैया, कुश्मा, हरनामपुर, विकुली, वितरा, तेनुवा, राजकुला, नगवा, पिपरा, पचेहरा, कटुवा, जहदी, चोक, वण्डौली, श्रीनगर, निग्लहवा, ४ नम्बर रोड, जहदी, बनगाई, भैस्टा, रेहरा, अडौरा, पर्सिया हुँदै पकडी पुगि समापन गरिने कार्यक्रम रहेको वताइएको छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७४ सोमबार ००:००  ३ : ०८ बजे