१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बामगठबन्धनको प्रचार प्रसार तिब्र



पार्वती पाण्डे, कपिलवस्तु २८ कात्तिक ।
निर्वाचन नजिकिदै जाँदा संयुक्त बाम गठबन्धननले चुनाबी प्रचार प्रसारलाई तिब्र पारेको छ । बाम गठबन्धन वडा निर्वाचन परिचालन समिति बुद्धभूमि नगरपालिका वडा नं.२ को बैठक मंगलबार बसेको छ । वडा सम्पर्क कार्यालय गोरुसिंङ्गेमा बसेको बैठकले निर्वाचनमा उमेदवारलाई जिताउन विभिन्न योजनाहरु तय गरेको छ । जस अनुरुप बुद्धभूमि नगरपालिका वडा नं.२ अन्तर्गत पर्ने साविकका वडाहरुलाई ५ वटा टोलमा विभाजित गरी टोल स्तरीय भेला सम्पन्न गर्ने भएको छ । टोल नं १मा मंशिर १ गते, २ मा २ गते, ३ मा कात्तिक ३० गते, ४ मा मशिर २ गते र टोल नं ५ मा कात्तिक २८ गते वृहत भेला एवं सम्बाद गर्ने बताईएको छ । त्यस्तै गरि टोल स्तरीय भेला पश्चात मशिर ३ गते वडा स्तरिय महिला तथा युवा भेला सम्पन्न गर्ने बताईएको छ ।
साथै मशिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारहरुको उपस्थितीमा घर दैलो अभियान संञ्चालन गर्ने निर्णय गरिएको छ । समितिका संयोजक कृष्ण प्रसाद भट्टराईको अध्यक्षता, क्षेत्र नं.२ (१) का संयोजक पिताम्बर खनालको प्रमुख आतिथ्यता, निल कुमार श्रेष्ठको संचालनमा भएको कार्यक्रममा भेषराज खनाल, हुकुम बहादुर कँुवर, डम्बर प्रसाद पाण्डेय, घनश्याम भट्टराई, कमला शर्मा, धुर्व न्यौपाने, इश्वरी खनाल, लिलापति घिमिरे सन्तराम थारुको विशेष उपस्थितीमा रहेको थियो ।
बैठकमा क्षेत्र नं.२ का प्रतिनिधि सभा तथा प्रदेश सभाका संयुक्त बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई अत्यधिक बहुमतले विजयी बनाउनका लागि आआफ्नो तर्फ बाट सबै सक्रिय रुपले लाग्ने बैठकले निर्णय गरेको बताईएको छ । यसै विच संयुक्त बाम गठबन्धन बाणगंगा नगरपालिका वडा नं १० को बैठक बसेको छ । बैठकले निर्वाचन प्रचार प्रसारको लागि विभिन्न योजना बनाएको छ । बैठकले १ सय ५१ निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।
त्यस्तै समितिका संयोजक विष्णु गौतमको संयोजकत्वमा ५ सदस्सीय आर्थिक समिति गठन गरेको छ । संयोजक गौतमको अध्यक्षता एवं यम प्रसाद खनालको सचालनमा भएको कार्यक्रममा निर्वाचनका विभिन्न योजनाहरु तय गरिएको संयुक्त बामगठबन्धनले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७४ मंगलबार ००:००  २ : ३४ बजे