१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कांग्रेसले राजु अर्याललाई कार्रवाहीको गर्दै



कपिलवस्तु, २८ कार्तिक ।
आसन्न मंसिर २१ को प्रतिनिभि र प्रदेशसभाको निर्वाचनमा नेपाली कांगे्रसका पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध वागी उम्मेदवार दिएका राजु प्रसाद अर्याललाई कारवाहीको लागी सिफारिस गरिएको छ ।

प्रतिनिधीसभा २ को प्रदेशसभा २ वाट प्रदेशसभाका आधिकारीक उम्मेदवार सुधाकर पाण्डेय विरुद्ध वागी उम्मेदवार दिएका राजु अर्याललाई नेपाली कांगे्रस क्षेत्रिय समितिले कारबाहिको लागी जिल्ला तथा निर्वाचन परिचालन समिलिाई सिफारिस गरेको छ ।

नेपाली काग्रेंस क्षेत्र नं ३ का सभापति गिरिजेश कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकले अर्यालका प्रस्तावक सन्तोष हमाल र सर्मथक दिनेश हमाललाई समेत कारबाही गर्न सिफारिस गरेको छ ।

लोकतान्त्रिक पार्टीमा टिकट नपाउँदा सम्म प्रयास गर्न राम्रो भएको तर पार्टीलाई असर गर्ने गरी बागी उम्मेदवारी दिएको हुंदा तत्काल कारवाही गर्न निर्णय गरेको क्षेत्रीय सभापति पाण्डेयले बताउनुभयो ।

साथै अर्याल संगै कुनै कार्यकर्ता प्रचार प्रसारमा लागेको प्रमाण भेटाएमा ठाउँको ठाउँ कार्रबाही गर्ने कांग्रेसले चेतावनी दिएकोछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७४ मंगलबार ००:००  २ : ४३ बजे