७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

“ ईश्वर दयाल मिश्रको जीत पक्का हुन थालेपछि अभिेषक प्रताप शाहलाई यस्तो चिन्ता !



कपिलवस्तु, २९ कार्तिक ।
संयुक्त बामगठबन्धन कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ ले जिल्लाको खरेन्द्रपुरमा निर्वाचन कार्यालय उद्घाटन गरेको छ ।
यसअघि संयुक्त बामगठबन्धनले निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत चन्द्रौटामा मुख्य कार्यालय स्थापना गरी चुनावी अभियानमा जुटेको छ । यसैगरी चुनाव प्रचारप्रसारलाई सहज बनाउन बामगठबन्धनले जिल्लाको शिवपुर, बहादुरगञ्ज, कृष्णनगर, जगदीशपुर लगायतको क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरेको संयुक्त बामगठबन्धन निर्वाचन परिचालन कमिटी संयोजक सफर अलिमियाले जानकारी दिए ।
चुनावी प्रचार प्रसार अभियानका क्रममा शिवराजको वडा नं. ३, खरेन्द्रपुरमा गठबन्धनको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उम्मेदवार ईश्वर दयाल मिश्रले आफूलाई एमाले वा माओबादी जे भनेपनि हुने बताएका छन् । सूर्य चिन्ह अंकित झण्डातर्फ देखाउँदै पूर्व राज्यमन्त्री समेत रहेका मिश्रले भने – “मैले आत्मैदेखि नै यो सूर्य चिन्ह स्वीकार गरेको छु । आजदेखि तपाईंहरुले मलाई कमरेड भने हुन्छ । एमाले माओवादी जे भने पनि हुन्छ ।”
“हिजो संविधान जारी हुने बखतमा मैले केही गल्ती गरें हँुला । म गरिन भन्न चाहन्न तर मलाई यो महसुस भएको छ कि म हिजो गलत थिएँ । मेरो बाटो गलत थियो । मलाई निर्देश गर्ने नेता गलत थिए । आज बल्ल म सही बाटोमा छु ।” –नेता मिश्रले भने ।
देशले काँचुली फेरिसकेको र अबको बाटो भनेको समृद्धि र विकासको बाटो भएकोले आफूले क्षेत्रमा विकासका लागि सक्दो प्रयास गर्ने उनले बताए । उनले भने – “मेरो उम्मेदवारी यो समाजको सामाजिक सद्भावका लागि हो । क्षेत्रको समृद्धि र विकासका लागि हो । चुनाव हो भन्दैमा यहाँ जातजातिको बीचमा लडाउन खोजिएको छ ।”
“सीमित गुण्डाको बलमा जित्ने आशा राखिएको छ । तपार्इं भरोसा गर्नुस्, विश्वास गर्नुस्, यी मुठ्ठीभर गुण्डा चुनावपछि कोही देखिने छैनन् । म चुनौति दिन चाहन्छु ।” –नेता मिश्रले आक्रोसित हँुदै भने ।
निर्वाचनको मिति नजिकिँदै जाँदा केही अराजक तत्वले आप्mना प्रदेशसभाका उम्मेदवार अर्जुन केसीलाई मधेसबाट मत नआउने हल्ला फैलाएको कुरालाई प्रतिवाद गदै मिश्रले भने । अब हेर्नुस् प्रतिस्पर्धा हुन्छ । भोट उत्तरबाट अर्जुनलाई बढी आउँछ कि दक्षिणबाट । मेरो भाइ अर्जुनलाई दक्षिणका मधेसी समुदायले माया गर्न थालेका छन् । विश्वास गर्न थालेका छन् । चाहेका छन् । त्यसैले उसको विजय निश्चित छ, राजतिलकको तयारी गर्नुस् नेता मिश्रले ठोकुवा गरे ।
सिंगो क्षेत्रभरी बाम उम्मेदवारको चर्चा र परिचर्चा संगै बम्पर भोटले जित हुने पक्का भएपछि कांग्रेस उम्मेदवार चिन्तित बन्न थालेका छन । विगत बर्षमा पहाडीया र मुस्लिम समुदायको भोट चाहिदैन भनेर भाषण गर्ने अभिषेक अहिले तिनै पहाडीया र मुस्लिम समुदायमा पुग्न थालेका छन । तर उनको विगतको रबैया प्रति कसैले पनि भोट नदिन पक्का भएको चन्द्रौटाका एक स्थानीयले भने ।

प्रकाशित मिति : २९ कार्तिक २०७४ बुधबार ००:००  १ : ११ बजे