४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

ईश्वर दयाल मिश्रको जित पक्का ! (आधार सहित)



अराज सिहं बेल्बासे, कपिलवस्तु, २९ कार्तिक ।
कपिलबस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधीसभा उम्मेदवार इश्बर लयाल मिश्र जितको नजिक रहेका छन । पुर्व राज्यमन्त्री समेत रहेका मिश्रले छोटो समयमा बिकासका कार्यहरु गरि जनताको मन समेत जितेका छन । राज्यमन्त्री हुँदा करिव ५० किलो मिटर सडक कालोपत्रे गर्नुका साथै मधेसी जनताको हक अधिकारको लागी लडिरहने नेता भएकोले पनि आफु जितको नजिक भएको मिश्र बताउँछन । राजपा बाट छुट्टिएर स्वतन्त्र समुह बनाइ सुर्य चिन्ह लिएर चुनाव लडेका मिश्रले मधेसको अन्य सासंदले १५ बर्ष सम्म केही गर्न नसकेको र आफुले जिते ५ बर्षमा जनताले महसुर हुने गरि बिकास नगरे राजनितीबाट सन्यास लिने समेत बताएका छन ।

क्षेत्र नम्बर ३ मा शिबराज नगरपालिका र बिजयनगर नगरपालिका स्थानिय चुनाबमा एमालेको मत धेरै रहेको छ भने कृष्णनगर नगरपालिकामा उपमेयर जितेको माओवादी केन्द्रको समेत जोडदा तुलनामा बामगठबन्धनको बढी रहेको पाइन्छ यस्तै प्रतिनिधी सभामा उमेदवार रहेका इश्बर दयाल मिश्रका समेत हजारौ सर्मथक अहिले बाम गठबन्धन लाइनै मत दिने हो भने पनि बाम गठबन्धनको जित सुनिश्चित देखिन्छ ।

शिबराज नगरपालिका, बिजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाको स्थानिय तहको नतिजा अनुसार बामगठबन्धन अरु दल भन्दा अगाडि छ एमाले एक्लैले स्थानिय चुनाबमा १० हजार ५ सय ३ मत प्राप्त गरेको थियो । जसमा माओवादी केन्द्रको ५ हजार १ सय १८ मत थपिदा १५ हजार ६ सय २१ हुन्छ भने कांग्रेसको मत स्थानिय चुनावमा अजय थापाको २ हजार ६ सय ७१ मत सहित ८ हजार ७सय ९८ हुन्छ ।
यस्तै सघिय समाजवादी फोरमको मत स्थानिय निकायमा करिव ७ हजारको हाराहारीका रहेको थियो । स्थानीय निकायको चुनावको आधारमा बामगठबन्धनको प्रमुख प्रतिष्पर्धी नेपाली कांग्रेस र सघिंय समाजवादी फोरम भन्दा अगाडी रहेको बामगठबन्धनका उम्मेदवारको चर्चा र परिचर्चा संगै जित हुने पक्का भएपछि कांग्रेस, सघिय समाजबादी फोरमका उम्मेदवार चिन्तित बन्न थालेका छन ।

स्थानीय निकायको चुनावमा पनि कांग्रेस पछाडी रहेकोले अबको चुनाबमा पनि पछाडी रहन सक्ने देखिएको छ । विगत बर्षमा पहाडीया र मुस्लिम समुदायको भोट चाहिदैन भनेर भाषण गर्ने अभिषेक अहिले तिनै पहाडीया र मुस्लिम समुदायमा पुग्दा सोचे अनुसारको भोट काग्रेशमा नआउन सक्छ ।

यस्तै यहि चुनावमा समेत कांग्रेसका अकिल मिया लगायत टिकट नपाएर स्वतन्त्र उम्मेदवारी समेत दिएका थिए पछि फिर्ता लिए पनि उनि निकट कार्यक्रर्ता निराश भएका पनि छन यस्तै स्थानिय चुनावमा स्वतन्त्र उमेदवार बनेका जानकी प्रसाद यादव लाइ कांग्रेसले टिकट दिने भनेर प्रबेश गराए पनि अन्त्यमा टिकट दिएन र स्वतन्त्र उमेदवारी दिएका छन त्यसले समेत कांग्रेसलाइ असर पार्ने देखिन्छ ।

सघिंय समाजबादी फोरमबाट कांग्रेसमा प्रबेस गरेका अभिषेक प्रताप साह सगै धेरै कार्यक्रर्ता समेत कांग्रेसमै प्रबेश गरेकाले पनि कांग्रेस र फोरमको स्थानीय निकायको मत अनुसार पनि बाम गठबन्धन अगाडी रहेको हुदाँ पनि बामगठबन्धनका उम्मेदवार आफु हरुको जित सुनिश्चित रहेको बताइ रहेका छन ।

प्रदेश सभा २ मा पनि बिरेन्द्र कनोडिया यस क्षेत्रमा खासै लोक प्रिय नभएका नेता हुन । कृषकहरुको करौडौ बक्यौता बाँकी राखेर किसान बिरोधि जस्तै रहेका उनि प्रति किसानहरु समेत असन्तुष्ट रहेका छन साथै चिनी मिलनै सारे पछि किसानहरुले भोट नदिन सक्ने देखिन्छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७४ बुधबार ००:००  १२ : १६ बजे