१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

कपिलवस्तुका १ सय ५३ मतदान स्थल अति संम्बेदनशिल



चुरामणि अर्याल, कपिलवस्तु, २९ कार्तिक ।
कपिलवस्तुका १ सय ५३ मतदानस्थल अति संवेदनशिल रहेको यहाँको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा समितिले यहाँका १ सय ५३ मतदानस्थल अति संवेदनशिल, ६५ संवेदनशिल र १५ वटा सामान्य रहेको निस्कर्ष निकालेको हो ।
अबस्था हेरेर संवेदनशिल स्थलहरु थपघट हुनसक्ने सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो । कपिलवस्तुमा २ सय ३३ मतदान स्थल र ४ सय १० मतदान केन्द्र रहेका छन् ।
जिल्लाका प्रायजसो दक्षिणी मतदान स्थललाई अति संबेधनशील स्थलको रुपमा हेरीएको छ । बिप्लव समुह, सिके राउत समुह तथा भारतिय सिमा संग जोडिएको जिल्ला भएकाले पनि भारतबाट घुसपैठ भई आउन सक्ने अपराधिक समुह नै निर्वाचनको चुनौतिको रुपमा देखिएकाले धेरै मतदानस्थल अति संम्बेधनशिल स्थलका रुपमा हेरिएको हो ।
त्यसकारण निर्वाचनमा ठुलो संङख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी भुजेलका अनुसार निर्वाचनमा नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी र म्यादी प्रहरी गरी ५ हजार ३ सय ४१ सुरक्षाकर्मी परिचालन गरीने जानकारी दिए ।
मंसिर २१ मा हुने निर्वाचनमा नेपाली सेना ८ सय ५०,नेपाल प्रहरी १ हजार २ सय सात ,शसस्त्र प्रहरी ८ सय १० र अन्य म्यादी प्रहरी खटाई प्रजिअ भुजेलले बताए । ३ निर्वाचन क्षेत्र रहेको यस जिल्लमा कुल ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा सदस्यको संङख्या रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७४ बुधबार ००:००  १२ : २० बजे