१३ मंसिर २०७९, मंगलबार | Wed Nov 30 2022

प्रेमनगरबासी भन्छन्, लालपूर्जा दिनेलाई भोट



पार्वती पाण्डे, कपिलवस्तु, मंसिर १ कात्तिक ।
कपिलवस्तु क्षेत्र नं ३ का जनताले उमेदवारहरु सँग सुकुम्बासी समस्या समाधान गर्न माग गरेका छन । विजयनगर गाउँपालिकाको प्रेमनगरमा भएको कार्यक्रममा उपस्थित भएका स्थानिय बासीहरुले यस्तो माग गरेका हुन ।
स्थानिय मैतुल्ला खाँनले अगाडि भन्नुभयोे – जसले सुकुम्बासीलाई लालपुर्जा दिन्छ उसलाई भोट दिन्छौ । बाम गठबन्धन भएको खुशी व्यक्त गर्दै नेपालको भविष्य निमार्ण गर्न अब कम्युनिष्टहरु एक हुनुको विकल्प नभएको उहाले बताउनुभयो ।
बामगठबन्धनका साझा उमेदवार एवं नेताहरुका सामु स्थानीयले सुकुम्बासी समस्याले आफुहरुलाई गाह्रो भएको भन्दै उक्त समस्या समाधान गर्न आग्रह गरे । साथै उक्त क्षेत्रमा सिंचाईको समेत समस्या भएको भन्दै उक्त समस्या समाधान गर्न समेत उपस्थित बासीन्दाले आग्रह गरे ।त्यसै गरि आर्टियो सडकलाई पिच गर्न पनि उनीहरुले उम्मेदवारहरु सँग आग्रह गरेका छन ।
स्थानियहरुले आफुहरुको समस्या समाधान गर्न उमेदवारहरुलाई प्रतिवद्धता जनाउन लगाउदै आफुहरुले भोट दिने र जिताएर पनि छोड्ने बताएका थिए । चुनाबी प्रचार प्रसार कार्यालय एवं कोण सभामा बोल्दै एमाले प्रदेश नं ५ का सदस्य बलराम अधिकारीले बामगठबन्धनका उमेदवारहरुलाई जिताए मात्र यस क्षेत्रको समस्या समाधान हुने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य डारप्रसाद उपाध्याय , क्षेत्र नं ३ का प्रतिनिधि सभाका उमेदवार ईश्वरदयाल मिश्र, प्रदेश सभा १ का उमेदवार अर्जुन कुमार के.शी ., प्रदेश नं २ का उमेदवार जाबेद आलम खाँ लगायतले बोल्नुभएको थियो ।
एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक भानु प्रकाश श्रेष्ठ , नेकपा एमालेका क्षेत्र नं ३ का संयोजक सफरअलीमिया लगायतले समेत बोल्नु भएको थियो ।कार्यक्रममा ५ सय बढिको उत्साहजनक उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७४ शुक्रबार ००:००  १ : ४७ बजे