८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

महाराजगञ्जबासीद्धारा बाम उम्मेदवारलाई यस्तो प्रश्न ?



कपिलवस्तु, १ मंसिर ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको जिविको स्तर वृद्धि गर्नेलाई भोट दिने स्थानियले बताएका छन । शुक्रवार प्रतिनिधि सभा २ का बाम गठबन्धनका साझा उमेदवार वृजेश कुमार गुप्ता र प्रदेशका उमेदवार धर्म वहादुरलाल श्रीवास्तव समक्ष स्थानियले यस्तो कुरा बताएका हुन ।
स्थानिय मैतुन अहिरले भन्नुभयो अहिले सम्म हामीलाई कांग्रेसले धोका दियो, हामीले समयमै बुझ्न सकेनौ अब बुझेका छौ । हाम्रो भोट महाराजगञ्जको विकास गर्ने बाम गठनबन्धनका साझा उमेदवारहरुलाई दिनेमा स्थानिय सबै एक भएका छौ । लामो समय सम्म यथास्थितीबादीले मधेशका जनतालाई झुक्याए । अब मधेशका जनता सचेत भएका छन, उहाँले भन्नुभयो
त्यहा भएको भेलालाई सम्बोधन गर्दै क्षेत्र नं. २ का उम्मेदवार बृजेश कुमार गुप्ताले आफुहरुलाई सुर्य चिन्ह्मा अमुल्य मत दिई जिताउन आग्रह गर्दै भोट खेर जान नदिने स्पष्ट पार्नुभयो । उक्त भेलालाई सम्बोधन गर्दै प्रदेश सभाका उम्मेदवार धर्मबहादुरलाल श्रीवास्तवले बोल्दै धनकौलीमा नदि कटानको समस्यालाई समाधान गर्ने, धनकौली बासीको समग्र विकास गर्ने प्रतिबद्धता जनाउनुभयो । भेलामा नेकपा एमालेका उपाध्यक्ष एवं क्षेत्र नं २ का संयोजक बाबुराम खनाल, सचिवालय सदस्य पिताम्बर खनाल, कृष्ण भट्राई, डम्बर शर्मा, सरीता आचार्य, रुपेश श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

 

प्रकाशित मिति : १ मंसिर २०७४ शुक्रबार ००:००  ४ : ५० बजे