१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

चन्द्रौटाबासी भन्छन, ढल निकास गर्नेलाई हाम्रो मत !



पार्वती पाण्डे, कपिलवस्तु १ मंसिर ।
चन्द्रौटाको विकास अनि ढल निकासका लागि आफुहरुले मत दिने चन्द्रौटाबासीले बताएका छन । शुक्रवार शिवराज नगरपालिका वडा नं ५मा भएको बामगठबन्धनको संयुक्त भेलामा उपस्थित स्थानियहरुले यस्तो बताएका हुन । स्थानिय सुमित्रा सुबेदीले भनिन ् वर्षात्को समयमा ढल निकास नहुदा घर भित्र पानी पस्ने रातभर जाग्राम बस्ने पर्ने समस्या यथावत् छ, त्यसैले जसले यस क्षेत्रको विकास गर्छ, ढल निकासको उचित व्यवस्थापन गर्छ उसैलाई मात्र मत दिने हो । संयुक्त बाम गठबन्धनले स्थानिय खुशी भएका छन तर चुनाब जिते पछि विकास गर्नु पर्छ, उमेदवारलाई जिताउने काममा स्थानिय जनता ढुक्क भैसकेका छन –उनले भनिन ।
भेलालाई सम्बोधन गर्दै एमाले नेता एवं क्षेत्र नं ३ का संयोजक सफर अलि मियाँले ढल निकास, अव्यवस्थित बसपार्क, सुविधा सम्पन्न अस्पताल नहुनु यस क्षेत्रको मुख्य समस्याको रुपमा रहेको भन्दै अब सबै समस्या समाधान हुने आश्वासन दिलाउनुभयो । बामगठबन्धनलाई अत्यधिकमतले विजय बनाउन समेत उनले उपस्थित सबैलाई अनुरोध गरे ।
अर्जुन बहादुर पाण्डेको अध्यक्षता एवं अर्जुन सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले समेत सम्बोधन गर्नु भएको थियो । भेलामा सयौं जनताको उत्साहजनक उपस्थिती रहेको बामगठबन्धनले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७४ शुक्रबार ००:००  ४ : ५२ बजे