१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नयाँ शक्ति कपिलवस्तुको यस्तो छ चुनावी प्रचार



कपिलवस्तु, २ मंसिर ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ का नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार दान बहादुर चौधरीले आफुलाई जनताले पटक पटक जिताएको भन्दै यसपालि पनि जिताउने विश्वास व्यक्त गर्नुभएको छ । कपिलवस्तुको ओदारीमा आज घरदैलो कार्यक्रम गर्दै उम्मेदवार चौधरीले पुराना पार्टीले देशलाई निकास दिन नसक्ने भन्दै नयाँ शक्ति पार्टी नै जनताको बैकल्पिक पार्टी भएको उहाँले दाबी गर्नुभयो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ का अधिकांश स्थानमा घरदैलो सम्पन्न गरिसकेको भन्दै उहाँले सबै मतदाताको घरमा पुगेर भोट माग्ने उहाले बताउनुभयो ।
नयाँ शक्ति पार्टीका प्रतिनिधिसभा १ को प्रदेशसभा १ का उम्मेदवार पदम बहादुर सोमै मगरले जनताले आँखा चिन्हमा मतदान गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । घरदैलोको क्रममा जनताको प्रतिक्रिया राम्रै आएको उहाँले बताउनुभयो ।

नयाँ शक्ति पार्टी नेपालका समानुपातिक तर्फका उम्मेदवार रामलौटन तिवारीले आर्थिक विकासको एजेण्डा नयाँ शक्ति पार्टीको मात्र भएको बताउनुभयो । अबको निकास आर्थिक विकासको नारा नयाँ शक्तिले दुई बर्ष पहिला नै ल्याएको भन्दै यही नारामा ठुला पार्टी हिडेको दाबी गर्नुभयो ।

पार्टीका जिल्ला संयोजक तथा समानुपातिक तर्फका उम्मेदवार नारायण खनालले जिल्लाभर नयाँ शक्तिको माहोल राम्रै भएको बताउनुभयो । घरदैलो कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : २ मंसिर २०७४ शनिबार ००:००  १ : ३९ बजे