१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बुद्धभुमीमा परिचालन समिति



कपिलवस्तु, २ मसिंर ।
आसन्न प्रतिनिधीसभा तथा प्रदेश सभाको निर्वाचन परिचालनको लागी नेपाली कांग्रेस बुद्धभुमी नगर समितिले निर्वाचन परिचालन समिति गठन गरेको छ । नगर सभापति माधव दोमासेको संयोजकत्वमा २ सय ४१ जना निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिले नगरका १० वटै वडाका बुध सभापति तथा वडा अध्यक्ष तथा भातृ संस्था संग मिलेर व्यापक रुपमा परिचलन गरिने संयोजक माधव दोमासेले बताए ।
सांसदका उम्मेद्धार सुरेन्दराज आर्चाय र प्रदेशसभा उम्मेदवार जवाहिर चौधरीको पक्षमा व्यापक प्रचार प्रसार गर्ने समेत उनले बताए । सो अवसरमा क्षेत्रिय सभापति केशव कुमार श्रेष्ठले कांग्रेसको पक्षमा जनलहरु थपिँदै गएको हुँदा कार्यकर्ताहरु मिलेर एक आपसमा निति तथा सिद्धान्तलाई प्रचार गर्न आग्रह गरे । साथै उनले लोकतान्त्रिक शक्ति एम भएर अगाडी बढेमा देशले निकास पाउनेमा जोड दिए ।

प्रकाशित मिति : २ मंसिर २०७४ शनिबार ००:००  १ : ४७ बजे