१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

आदीवासी जनजाती वर्गको प्रतिनिधित्व गर्ने पार्टी नयाँ शक्ती : नेता चौधरी



दिपा महत, कपिलवस्तु, ४ मंसिर ।
नया शक्ती पार्टी नेपाल कपिलवस्तुले पनि चुनावी अभियान जारी राखेको छ । जस अनुसार आइतबार कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को वाणगंगा नगरपालिका वडा २ चेनईया, गब्दईया, कप्टैयाका करिव १ हजार घरपरिवार संघ भेटघाट कार्यक्रम सम्पन्न गरेको नयाँ शक्ती नेपाल कपिलवस्तुले जनाएको छ ।

विभिन्न ठाउँमा भएको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधी सभाका उमेदवार तथा ५ नम्बर प्रदेशका संयोजक दान बहादुर चौधरीले मधेशी, दलित मुस्लीम महिला, आदीवासी जनजाती वर्गको प्रतिनिधी पार्टी नयाशक्ती भएकाले मतदातालाई नया शक्तीको चुनाव चिन्ह् आखामा भोट दिन विशेष आग्रह गर्नुभयो ।

त्यस्तै प्रदेश सभाका प्रत्यक्ष तर्फका उमेदवार पदम बहादुर सोमै मगरले नया सोच भएका १८ देखी ४० वर्षको युवावर्गले नयाशक्ती नेपालको प्रतिबद्धता पत्र पढेर मात्र आगामी चुनावमा आफ्नो धारणा बनाउन अपिल गर्नु भयो ।

सो कार्यक्रममा प्रतिनिधी सभाको समानुपातिक तर्फको उमेदवार नारायण खनाल, रामलौटन तिवारी, प्रदेश सभाको समानुपातिक तर्फकै उमेदवार प्रेम कुमारी आले, प्रदेश तर्फ समानुपातिक तर्फकै उमेदवार ईन्द्रावती थारु लगाएत सयौ नेता कार्यकर्ता सहभागि थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७४ सोमबार ००:००  १ : २६ बजे