५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

नयाँ शक्तीको घरदैलो कपिलवस्तु नगरपालिका केन्द्रीत



दिपा महत, कपिलवस्तु, ५ मंसिर ।
नयाँ शक्ती नेपाल कपिलवस्तुले सोमबार कपिलवस्तु नगरपालिका वडा नम्बर ११ का १५ सय घर परिवार संघ भेटघाट गरेको छ । कार्यक्रममा बोल्दै ५ नम्बर प्रदेशका संयोजक तथा निर्वाचन क्षेत्र नम्बर १ का उमेद्वार दान बहादुर चौधरीले मधेशको नेतृत्व सम्हाल्ने जिम्मेवारी आफ्नो काधमा आएकाले सम्पूर्ण मतदातालाई चुनाव चिन्ह् आखामा मतदान गर्न आग्रह गर्नु भयो ।
यस्तै प्रदेश सभाका उमेदवार पदम बहादुर सोमै मगरले मधेशी मुस्लीम थारु, जनजाति, महिला, दलित र युवाहरुले आफुलाई भोट दिने भन्दै आफ्नो जित सुनिश्चीत भएको दाबी गर्नुभयो ।
कार्यक्रममा केन्द्रिय प्रतिनिधी सभा समानुपातिक तर्फका उम्मेदवार एवम जिल्ला संयोजक नारायण खनाल, केन्द्रिय समानुपातिक तर्फका रामलौटन तिवारी, संघिय परिषदका केन्द्रिय सदस्य चोपलाल राहुल, कुञ्ज विहारी चौधरी, समानुपातिक प्रदेश सभाकी उमेदवार पे्रमकुमारी आले, ईन्द्रावती थारु, लगाएत सयौ कार्यकर्ताको उपस्थिती रहेको थियो ।
यस्तै मङ्गलबार वाणगंगा नगरपालिका वडा नम्बर ९ मा घरदैलो कार्यक्रम गर्ने नयाशक्ती प्रचारप्रसार विभागले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७४ मंगलबार ००:००  १ : २७ बजे