१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रतिनिधिसभाका बाम उम्मेदवार वाणगंगा केन्द्रित



विनोद भट्टराई, कपिलवस्तु, ६ मंसिर ।

कपिलवस्तु प्रतिनिधिसभा १ मा मङ्गलबार पनि बागठबन्धनले चुनावी घरदैलो अभियान जारी राखेको छ । वाणगंगानगरपालिका ११ का ओदारी लगायतका विभिन्न स्थानमा घरदैलो गरेको बामगठबन्धनलाई सयौ सर्वसाधारणले साथ दिएका थिए । घरदैलो कार्यक्रममा प्रतिनिधिसभा १ का उम्मेदवार चक्रपाणी खनाल बलदेव, प्रदेससभा १ का उम्मेदवार विष्णु पंथीलाई मतदाताले विभिन्न विकासका मुद्धा सम्बोधन गर्न माग गरेका थिए ।

मतदाताको माग पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै बामगठबन्धनका प्रतिनिधिसभा १ का उम्मेदवार चक्रपाणी खनाल बलदेवले देशमा बामपंथीको सरकार बन्ने अभियानलाई कसैले रोक्न नसक्ने बताउनुभयो । निर्दलिय पञ्चायत देखि गणतन्त्र सम्म उहि पात्र र नेताले पटक पटक चुनाव जितेर मन्त्री समेत भैसक्दा यस क्षेत्रको विकास पछाडी परेको भन्दै अब आफुहरुले जितेर विकासको मुल फुटाउने उहाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यता वाणगंगा नगरपालिकाको वडा नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्दै प्रदेशसभा १ का उम्मेदार बिष्णु पंन्थिले बर्षौ देखि सरकारको नेतृत्व गरेर राज्यको ढुकुटी झ्याम पार्न पल्केको कांग्रेस बागठबन्धनको जीत सुनिश्चित देखेपछि छटपटाउन थालेको टीप्पणी गर्नुभएको छ । चुनाव साम, दाम, दण्डभेद प्रयोग गरेर जसरी हुन्छ जित्नुपर्ने मानसिकतामा कांग्रेस लागेको भन्दै यस बेला कार्यकर्ता सचेत बन्नुपर्ने तर्क गर्नुभयो ।

देशभर बामपंथीको माहोल सिर्जना भएको भन्दै जतिसुकै कांग्रेस भ्रम छरेपनि बामगठबन्धनले चुनाव जितेर सरकारल चलाई विकास निर्माणको काम तीव्र हुनु उहाले बताउनुभयो ।

उक्त अवसरमा बोल्दै एमाले जिल्ला कमिटिका अध्यक्ष झबिलाल पोख्रेलले चुनाब हार्ने देखेपछि जित्नका लागि पैसा बाढेर, भोट किन्ने शक्ति सलबलाउन सक्ने भएकाले त्यस्ता भ्रमबाट सचेत रहन मतदातामा आग्रह गर्नुभएको छ । पैसाले भोट किन्नेहरुले कहिल्यै बिकाश गर्न नसक्ने उहाले बताउनुभयो ।

कार्यक्रममा समानुपातिक उम्मेदार रिता थारु, माओवादी केन्द्रका सचिवालय सदस्य डोर प्रसाद उपाध्याय, एमाले जिल्ला कमिटि सचिब बाबुराम आचार्य, निबर्तमान ससांद बिश्राम थारु, अनेमसंघ क्रान्तिकारीकी पुर्ब सदस्य यमा बन्जाडे, नेपाल राष्ट्रिय बुद्धिजिबि सङ्गठनका केन्द्रिय सचिब द्रोणराज सुवेदि, एमाले नेता मित्रलाल शर्मा, वाड नं. ४ का संयोजक छबिलाल रेश्मी मगर, एमाले नेतृ सुर्यकुमारि शाहि लगायतले मन्तब्य राख्नुभएको थियो ।

एमाले जिल्ला कमिटि सदस्य चेतना अधिकारीको अध्यक्षता, बिष्णु प्रसाद न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जिल्ला सहकारी बिभागका सदस्य सर्वेन्द्रदेब खनालले गर्नुभएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७४ बुधबार ००:००  ४ : ३७ बजे