१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

केपि ओली भन्छन, अब एउटै पार्टी भयो भयो भयो !



मायादेवी अनलाइन, कपिलववस्तु, ६ मंसिर ।
कपिलवस्तुका दुई ओटा चुनावीसभालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्ष केपि शर्मा ओलीले एमाले र माओबादी केन्द्र विचको पार्टी एकतामा कुनै शंका नगर्न आग्रह गरेका छन । अहिले चुनावी माहोलमा चुनाव तालमेल मात्रै होला भन्ने शंका उपशंका उब्जिएको बताउँदै अध्यक्ष ओलीले दुई पार्टी विचको एकताको कोर्स धेरै अगाडी बढेको दाबी गरे । ‘तपाईहरु ढुक्क हुनस ओलीले भने, ‘चुनाव पछि पार्टी एकता भयो भयो भयो ।’
बामगठबन्धनको राष्ट्रिय कार्यक्रम अनुसार बुटबल र दाङमा हुने भनिएको चुनावी सभा कपिलवस्तुका नेताको विशेष आग्रह पछि कपिलवस्तु आएका ओलीले चुनाव पछि बामगठबन्धनको सरकार बन्ने ठोकुवा गरे । कम्युनिष्टहरु सरकारमा जाँदा काम गर्छन है भन्ने सर्वसाधारणमा लागेको छ, तपाईहरु ढुक्क हुनुस अब तपाईका सुखमा दिन आए, बामपंथीको सरकार यो देशमा बनिसक्यो उनले उद्घोष गरे । देशमा नौ नौ महिनामा सरकार फेरिने क्रमलाई रोक्न पनि बामगठबन्धनले दुई तिहाई बहुमत लिनुपर्ने उनले बताए ।
पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारले जनताको विचमा लोकप्रिय काम गर्दा गर्दा हटाइएको प्रति गुनासो पोखेका थिए ।
चुनावीसभामा नेकपा माओबादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ ले देशमा कम्युनिष्ट व्यवस्था ल्याउन लडे पनि अन्तिममा पूँजीवादीहरुकै हालीमुहाली भएको जनाए । जनबादी व्यवस्था र गणतन्त्र ल्याउनकै लागि दश बर्षे जनयुद्ध गरेका हौँ तर गणतन्त्र त आयो पूँजीपति बर्गको प्रतिनिधित्व गर्ने खालले उनले भने, ‘यो व्यवस्थाबाट नागरिक सुखी छैनन अब समाजबादी व्यवस्था ल्याउन बामगठबन्धनलाई भोट दिनुस ।’

प्रकाशित मिति : ६ मंसिर २०७४ बुधबार ००:००  २ : ४२ बजे