१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

साना दलको घरदैलो अभियान जारी



मायादेवी अनलाइन, कपिलवस्तु, ६ मंसिर ।
राष्ट्रिय जनमोर्चा चुनाव प्रचारप्रसार समिती कपिलवस्तु क्षेत्र नम्बर १ ले विभिन्न स्थानहरुमा घरदैलो तथा जनभेटघाट अभियानलाई तिव्र पारेको छ । जस अनुसार बुधबार वाणगंगा नगरपालिका वडा नम्बर २ को कप्टैया, सिर्जना टोल, तालबद्रा, सिर्जनानगर लगायत करिब ३०० जति घरहरुमा घरदैलो तथा जन भेटघाट गरेको छ ।

उक्त्त अवसरमा प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का उम्मेदवार माधव भाट क्षेत्रीले संघीयता खारेज गर्न, संविधान कार्यनयन गर्न साथै बाणगङ्गा नदिको तटबन्ध, बनको संरक्षण, पर्यटकिय स्थलहरुको संरक्षण तथा प्रर्वधन गर्नको निम्ति गिलास चिन्नमा मतदान गर्न आम जनतालाइ आव्हान गर्नु भयको थियो ।

कार्यक्रममा चुनाव प्रचार (प्रसार समिती कपिलवस्तु क्षेत्र नम्बर १ का संयोजक डवल सिंह जि.सि., प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ ( १) का उम्मेदवार दल बहादुर कुवर, प्रदेश सभा क्षेत्र नम्बर १ (२) का उम्मेदवार रमनी सिंजापती, बिमला श्रेष्ठ, मानबहादुर सिन्जापति, छबिलाल सिन्जाली, गङ्गादत्त आचार्य, झविलाल सिन्जाली, टेकपती सापकोटा, सिद्धि आचार्य लगायतको टोलि सहभागी थियो ।
यता निर्बाचन क्षेत्र नंं. १ मा संघिय समाजबादी फोरमले पनि घरदैलो अभियानलाई जारि राखेको छ । बुधबार मनहरापुर, झण्डा, बिकुलि, ओदारि, मधौलिया, जहदी लगायतका स्थानमा घरदैलो गरेको फोरमले जनाएको छ । त्यसैगरी बिहिबार कोपवा, बैदौलि, अमौलि, लक्ष्मणघाट, बनकशिया, हर्नामपुर, कुश्मा, निग्लिवा, जगदिशपुर लगायतका स्थानमा घरदैलो गर्ने बताईएको छ ।
मायादेवी अनलाइन प्रतिनिधि संग सक्षिप्त कुरा गर्दै प्रतिनिधि सभा १ का उम्मेदार अब्दुल रसिद खाँ ले काङ्ग्रेश नेता दिपकुमार उपाध्याय तर्फ ईङ्कीत गर्दै जिल्लाबाट पटक पटक जितेर गएपनि केहि बिकाशस नगरेको आरोप लगाउनुभयो ।
उहाले आफु पहिचानबादि भएकाले नवलपरासि देखि कञ्चनपुर सम्मको भुभाग तराई थारुहट प्रदेश कायम गर्नु पर्ने लगायतका एजेन्डा लिएर जनताको घरदैलोमा भोट माग्न पुगेको उहाले बताउनुभयो ।
तराई थारुहट पार्टी प्रदेशसभा १ का उम्मेदार दिनेश जयसवाल, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च तराई थारुहटका जिल्ला अध्यक्ष पाउन थारु, संघिय फोरम नेपालका जिल्ला अध्यक्ष सैलेन्द्र कुमार यादब, थारुहटका केन्द्रिय सदस्य ओमनारायण थारु लगायतको उपस्थितिमा घरदैलो सम्पन्न भएको बताईएको छ ।
यसैविच नयाँ शक्ती नेपाल कपिलवस्तुले बुधबार वाणगंगा नगरपालिका अन्तरगत घेरवा बनगाई, कोईली बनगाई, सुसेनिया, वालापुरका करिव १३ सय घरपरिवार संघ भेटघाट गरेको छ । कार्यक्रको नेतृत्व प्रतिनिधी सभाका समानुपातिक तर्फका उमेदवार नारायण खनालले गर्नु भएको थियो ।

यसैगरी प्रतिनिधी सभा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्ष उमेदवार दानबहादुर चौधरीले मायादेवी गाउपालिकाको फुलिका अभिराव पकडी, सुद्धोधन गाउपालिकाको विठुवामा घरदैलो कार्यक्रम गर्नु भएको छ । सो कार्यक्रमको नेतृत्व रामलौटन तिवारीले गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै उमेदवार चौधरीले राजनितीक स्थायित्वका लागी लड्ने बताउनु भयो । साथै उहाले आफु बाचुन्जेल विकासको मुद्धलाई संबोधन गर्दै र वेरोजगारी समस्या अन्त्यको लागी स्वदेश भित्रै आर्थीक उन्नतीको एजेण्डा अघि सार्ने बताउनु भयो । यसैगरी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का प्रदेश सभाका उमेदवार पदम बहादुर सोमैले, दैनिक हजारौको संख्यामा विदेशिने युवाहरुलाई रोक्नु आफुको पहिले प्राथामिकता भएको बताउनु भयो ।

सो कार्यक्रममा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का प्रदेश सभाका उमेदवार पदम बहादुर सोमै, प्रतिनिधी सभाका समानुपातिक तर्फका उमेदवार नारायण खनाल, संघिय परिषदका सदस्य चोपलाल राहुल, समानुपातिक तर्फ प्रदेश सभाको उमेदवार प्रमेकुमारी आले लगाएत सयौ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७४ बिहिबार ००:००  २ : ४५ बजे