८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

हसिँया हथौडा र सूर्य चिह्नका उम्मेदवारलाई भव्य स्वागत



मायादेवी अनलाइन, कपिलवस्तु, ८ मंसिर ।
कपिलवस्तु क्षेत्र नम्बर १ का बामगठबन्धनका उम्मेदवारलाई जनताले भव्य स्वागत गरेका छन । गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का (हसिया हथौडा) चुनाव चिह्नका साझा उम्मेदवार चक्रपाणी खनाल बलदवे र प्रदेशसभा १ का (सूर्य) चिह्नका साझा उम्मेदवार विष्णु पंथीलाई जनताले फूल, माला र अविर लगाई भव्य स्वागत गरेका हुन ।
वाणगंगा नगरपालिकाको वडा नम्बर ५ र ६ मा शुक्रबार घरदैलो गर्दै प्रतिनिधिसभा १ का ((हसिया हथौडा) चुनाव चिह्नका साझा उम्मेदवार चक्रपाणी खनाल बलदेवले जनताको सेवक भएर काम गर्न आतुर भएको बताउनुभएको छ । लामो समय अधिकार प्राप्तिको लागि ज्यानको बलिदान दिएर राजनीतिमा सक्रिय भएको बताउँदै उम्मेदवार बलदेवले अब जनताको सुख, दुखमा रहेर काम गर्ने चाहना भएको बताउनुभयो । आगामी मंसिर २१ को निर्वाचनमा बामगठबन्धनलाई अत्याधिक बहुमतले विजयी बनाउँन आग्रह गर्दै उहाले अब कपिलवस्तुको विकास तिव्र रुपमा अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशसभा १ का (सूर्य) चिह्नका साझा उम्मेदवार विष्णु पंथीले विकास निर्माणको काम बामगठबन्धनले मात्र गर्न सक्ने बताउनुभएको छ । जनता सामु चिल्ला कुरा मात्र गरेर नहुने भन्दै उहाले पञ्चायत देखि जित्दै आएका नेताले के गरे अब जनताले प्रश्न सोध्नुपर्ने बेला आएको बताउनुभयो ।
घरदैलो कार्यक्रममा नेकमा माओबादी केन्द्रका समानुपातिक तर्फका उम्मेदवार गिरीधारीलाल न्यौपाने, एमाले समानुपातिक तर्फकि उम्मेदवार रिता थारु लगायत सयौ नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७४ शुक्रबार ००:००  १२ : १० बजे