७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रदेशका उम्मेदवार अर्जुन केसीका चुनावी एजेण्डा



अराज सिहं बेल्बासे, चन्द्रौटा, ९ मंसिर ।
मधेसको धेरै क्षेत्रमा गोबर बाट बनाइएको गुइठा बाल्न अन्त्यको जरुरी भएको प्रदेश सभा १ का उम्मेदवार अर्जुन केसीले बताउनु भएको छ । आजगणेशपुर क्षेत्रमा घरदैलो तथा भेटघामा स्थानियहरुको घरमा मलको रुपमा प्रयोग हुने गोबरलाई आगो बाल्नमा प्रयोग गर्ने गरेकोले उर्जाको बैकल्पिक स्रोत खोजेर भए पनि गोबरलाई खेत बारीमा प्रयोग गराउने बताउनु भएको छ ।

अन्नको भण्डार मानिने तराइ कम्पोस्ट मलको प्रयोग बढाउन सके उब्जाउ हुने भएकोले पनि कृषिमा लगानी बढाउने योजना भएकोले पनि कृषक हितको लागी पनि गोबर उर्जाको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । बामगठबन्धनले हरेक मधेसीका हकअधिकार सुनिश्चित गर्न बनेकोले पनि बाम गठबन्धनलाइ जिताउन अनुरोध गर्नुभयो ।

यस्तै प्रदेशसभा २ को बिजयपुर गाउपालिकामा घरदैलो सम्पन्न भएको छ । घर दैलोमा प्रतिनिधीसभाका उमेदवार इश्वर दयाल मिश्र तथा प्रदेश सभाका उमेदवार जाबेद आलम खाँ ले बाम गठंबन्धनलाइ भोट दिएर भोट सदुपयोग गर्न अनुरोध गर्नुभयो । बिगतमा जिताएको भोट सदुपयोग हुन नसकेको छर्लङ भएकोले पनि बिकास गर्ने उदेश्यले बाम गठबन्धन बनेकोले ढुक्क भएर भोट हाल्न अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  २ : ४३ बजे