२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

राष्ट्रिय जनमोर्चाको घरदैलो तीव्र



कपिलवस्तु, ९ मंसिर ।
राष्ट्रिय जनमोर्चा कपिलबस्तुले चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम शुक्रबार पनि जारी राखेको छ । शुक्रबार निर्वाचन क्षेत्र नं. १ को बाणगङा नगरपालिका वार्ड नम्बर- ६ अन्तरगर्त बनकसिया, सुठौली लगायत झण्डै चार सय घरहरुमा घरदैलो तथा जन भेटघाट गरेको छ ।
उक्त अवसरमा प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का उम्मेदवार माधव भाट क्षेत्रीले गणतन्त्र र राष्ट्रियताको रक्षा गर्न, समृद्धि नेपाल निर्माण गर्न, संघीयता खारेज गर्न, संविधान कार्यनयन गर्न साथै बाणगङ्गा नदिको तट बन्ध, बनको संरक्षण, पर्यटकिय स्थलहरुको संरक्षण तथा प्रवधन गर्न साथै जातिबाद, क्षेत्रीयताबाद, साम्प्रदायिकता र राष्ट्रिय बिखण्डनलाइ रोक्न, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नको निम्ति गिलास चिन्नमा मतदान गर्न आम जनतालाई आग्रह गर्नुभयो ।
निर्वाचन परिचालन मुल समिति कपिलवस्तुका संयोजक राम प्रसाद बेल्बासेको नेतृत्वमा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माधव भाट क्षेत्री, प्रदेश सभा सदस्यका उम्मेदवार दल बहादुर कुँवर सहित डवल सिंह जि.सि., छबिलाल गैरे, सशिधर सापकोटा लगायतको टोलिले घरदैलो तथा जभेटघाट गरेको हो ।
उता राष्ट्रिय जनमोर्चा बुद्धभुमी नगरसमितीले चुनावी अभियानलाई तिव्र पारेको छ । जस अनुसार शुक्रबार बुद्धभूमी नगरपालिका १ विरपुरमा घरदैलो गरेको छ । कार्यक्रम चुनाव प्रचारप्रसार संयोजक विष्णु खनालको नेतृत्वमा गरिएको हो ।

घरदैलोमा कपिलवस्तु क्षेत्र नम्बर २ प्रतिनिधी सभा उमेदवार लक्ष्मी शर्मा भण्डारी, क्षेत्र नम्बर २ को प्रदेश सभा १ का उमेदवार नेत्रप्रसाद गैरे, कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ का सारदा खनाल, राष्ट्रिय जनमोर्चा बुद्धभूमी नगरसमितीका उपसभापति नरबहादुर घर्ती मगर, अखिल नेपाल महिला संघकी जिल्ला सचिव मिना नेपाली, महिला नेतृ बुद्धमाया भुषाल, बुद्धभूमी नगर समितीका कोषाध्यक्ष मित्रलाल घिमिरे, मिना केसी, राष्ट्रिय जनमोर्चा बुद्धभुमी नगर समिती सचिव माधव पौडेल, राजमो ५ नम्बर प्रदेस सदस्य हिलाल वाग्ले लगाएतको टोली सहभागी थिए ।

सो अवसरमा उनिहरुले संघियता चाहिदैन देश टुक्राउन पाईदैन, संघियता धोका हो षडयन्त्रको पोका हो भन्दै नारावाजी गरेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  २ : ५० बजे