६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

कांग्रेस सभालाई लक्षित गरी बम विष्फोट ः एक वर्षीय बालकसहित तीन घाइते



सुनसरी, मंसिर १४ ।
सुनसरीको इटहरीमा नेपाली कांग्रेसको चुनावीसभा लक्षित विष्फोट हुँदा तीन जना घाइते भएका छन् ।
इटहरी–९, भलादमीचोकमा कांग्रेसको चुनावी सभा भैरहेको ठाउँ नजिकै विष्फोट हुँदा स्थानीय एक वर्षका बालक योवन न्यौपाने, ४० वर्षका धनबहादुर श्रेष्ठ र १६ वर्षकी सम्रिना अधिकारी घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये बालक न्यौपानेको अवस्था गम्भीर छ । घाइते सबैजनालाई उपचारको लागि धरानमा रहेको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७४ बिहिबार ००:००  ७ : १० बजे