१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

भिरबाट लडेर अहेवको मृत्यु



गुल्मी, मंसिर १४ ।
भिरबाट लडेर गुल्मीमा एकजना अहेवको ज्यान गएको छ । खरबारीमा घाँस उठाउने क्रममा रेसुङ्गा नगरपालिका वडा नं. १२ उर्लेनी निवासी अन्दाजी ४० वर्षीय देवनाथ पन्थीको बिहीबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विेदीले जानकारी दिनुभयो । उहाँ त्यही वडाको स्वास्थ्य चौकीमा अहेव हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १४ मंसिर २०७४ बिहिबार ००:००  ७ : ११ बजे