१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रुपन्देहीका ११७ मतदान केन्द्र संवेदनशील



रुपन्देही, मंसिर १४ ।
रुपन्देहीका ११७ मतदान केन्द्रलाई सुरक्षाका हिसाबले संवेदनशील घोषणा गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेका अनुसार जिल्लामा रहेको २०८ मतदान केन्द्र मध्ये ७५ केन्द्र अति संवेदनशील र ४२ केन्द्रलाई संवेदनशीलको रुपमा सूचिकृत गरिएको छ ।
९१ मतदान केन्द्रलाई सुरक्षाको हिसाबले सामान्यको रुपमा राखिएको छ । एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका गरी रुपन्देहीमा रहेका १६ स्थानीय तहमा ५ प्रतितिनिधिसभा तथा १० प्रदेशसभाका लागि २०८ मतदान केन्द्र तय गरिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७४ बिहिबार ००:००  ७ : १५ बजे