११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कपिलवस्तुमा चुनावी माहोल तात्दै



मायादेवी अनलाइन, कपिलवस्तु, १५ मंसिर ।
कपिलवस्तुको प्रतिनिधी सभा सदस्य क्षेत्र नम्बर एकमा राष्ट्रिय स्तरका दुई नेता बीचमा चुनाबी माहोल निकै तातेको छ । बाम गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र नेपाली काँग्रेसका दिपकुमार उपाध्यायको प्रचार प्रसार निकै तातेको हो । दुवै नेता केन्द्रिय राजनीतिमा पहुँच राख्ने कपिलवस्तुका हेबीवेटका उम्मेदवारको रुपमा चिन्निछन् ।

चुनावी प्रचार प्रसार र घरदैलोलाई तिव्र बनाएका बामगठबन्धन र नेपाली काँग्रेसका उम्मेदवार बीच प्रतिस्पर्धाका साथ दिनहु घरदैलो र प्रचार प्रसारमा व्यस्त छन् । नेपाली काग्रेसका पुराना नेता तथा पूर्व राजदुत दिपकुमार उपाध्याय र बाम गठबन्धनका तर्फबाट पूर्व प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनाल (बलदेव) बीच दुई पक्षीय कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

कपिलवस्तुमा पञ्चायतकाल देखि नै गणतन्त्र आउदा सम्म पटक पटक चुनाव लड्दै आएका नेपाली काग्रेसका दिपकुमार उपाध्याय प्रतिनिधी सभा एकको उम्मेदवार बनेपछि आफु जनताको माझमा परिचित भएकाले चुनाव जित्ने दावी गर्नुहुन्छ ।

कपिलवस्तुबाट यसअघि पनि संविधान सभा निर्वाचनमा उम्मेदवार बनेका पूर्व डेपुटि कमाण्डर चक्रपाणी खनालले यसअघि चुनाव जितेर गएका नेताले कपिलवस्तुको विकासमा केही गर्न नसकेकोले कृषि र पर्यटनको माध्यमबाट विकास गर्ने योजना आफुसंग रहेकाले चुनाव जित्ने भनाई छ ।
स्थानीय तह निर्वाचनमा यस क्षेत्रका प्रमुख पदका उम्मेदवारलाई खसेको मतको आधारमा लोकतान्त्रिक दलहरुको मत २७ हजार १ सय २८ मत हुनजान्छ । नेपाली कांग्रेस, राप्रपा, फोरम लोकतान्त्रिक र नयाँ शक्तिका उम्मेदवारले उक्त मत पाएका छन् । सोही क्षेत्रमा बाम गठबन्धनको २६ हजार ७ सय १ मत रहेको छ । जस अनुसार बाम गठबन्धन अगाडी रहेको स्थानीय तहको परिणामले देखाउछ । तर संघिय समाजबादी फोरम नेपालका अब्दुल रसिद खाँ र नयाँ शक्ति नेपालका दानबहादुर चौधरी सहितका दल अलग अलग चुनाव लडेकाले उनीहरुको मतले बामगठबन्धन र काग्रेसबीचको हारजीतलाई प्रभाव पार्ने देखिन्छ ।

प्रकाशित मिति : १५ मंसिर २०७४ शुक्रबार ००:००  ३ : ०४ बजे