१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सुरेन्द्रराज आचार्यको गाउँ उत्तरी क्षेत्रको सबैभन्दा विकट, मन्त्री पड्काए तर माखो मारेनन !



सुरज न्यौपाने, कपिलवस्तु १८ मंसिर ।
कपिलवस्तुको वुद्धभमीको बडा नं. ३ साविक दुविया गाबिस, कपिलवस्तुको उत्तरी भेगको सवै भन्दा पछाडी परेको क्षेत्र हो । यस ठाउँले ३ पटक सांसद र एक पटक मन्त्रि पनी पायो तर विकास कहिल्यै पाएन । कपिलवस्तु २ का प्रतिनिधी सभाका उम्मेदवार एवं पुर्व सिंचाई राज्य मन्त्रिको गाउले कृषी यातायात र पर्यटनको धेरै संभावना बोकेको छ । नेता भएको ठाउको धेरै विकास हुनु पर्ने हो तर यस क्षेत्र विकासको काममा धेरै पछाडी परेको छ । सासक पायो दुवियाले तर सासक पाएको फाईदा कहिल्यै पाएन । कपिलवस्तुको क्षेत्र नं. २ मा पर्ने यही ठाउका सुरेन्द्र राज आयार्य यस पटक पनी उम्मेदवार वनेका छन । मतदाता संग मतको अपिल गरेका छन । तर मतदाता भन्छन मन्त्रि ज्यूको गाउ हेर्न कसरी जाउ ?
दुविया प्राकृतिक रुपले मनमोहक छ । कृषीको ठुलो संभावना बोकेको छ । यहीबाट मैवाबारी सिद्धारा, जलुके, पवित्र धार्मिक स्थल ऐरावती हुदै प्युठानको पुर्वि भेग सम्म जाने सडक वन्न सक्छ । यो सडकको केही वर्ष अगाडी सर्वे समेत भएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमको पहलमा यो सडकको डिभिजन सडक कार्यालयले सर्वे गरेको थियो । साविक गाविसको दुविया, रनगाई, टाकु वक्टापुरसडक पनी खाल्टे र कच्ची सडक छ । जहा पुग्दा धुलै धुलो भईन्छ ।
यहा नदी कटानको ठुलो समस्या छ । खेति योग्य जग्गाहरु नदीस्वास्थ्य संचारको समेत असुविधा छ । एउटा स्वास्थ्य चौकी छ जसको भवन नै जिर्ण छ । मोवाईलको टावर छ यही वर्ष संचालनमा आएको तर नेताज्यूको गाउ रनगाई गाउमा मात्र नेटवर्क टिप्छ । अरु ठाउमा छतमा चढेर वा खुला ठाउमा मात्र नेटवर्क खोज्दै कुरा गर्न पर्छ ।
नेता पाएको दुवियामा विकासको राहत राष्ट्रीय योजनाका सह सचिव माधव वेल्वासेले गरे । बेल्वासेको पहलमा २ बटा पक्की पुल निमार्ण भयो । गुडरुंग खोला र घोघवा खोलामा उनको पहलमा पुल वनेको छ । उहाको पहलमा भराई सिचाई आयोजना निमार्ण धिन अवस्थामा रहेको छ । करिव ३ करोडको योजना निमार्ण तिव्र गतीमा भई रहेको स्थानिय राजु कार्की वताउनु हुन्छ । नेताले केही गरेनन् तर वेल्वासे ज्यूले आफ्नो गाउको विकासको लागी पहल गरेकोमा दुविया वासीले धन्यवाद दिएका छन ।
साविक दुविया रनगाईका विष्णु राज आचार्य २ पटक सांसद वनेर संसद भवन पुगे । विष्णु राज आचार्य सुरेन्द्र राज आचार्यका दाजु हुन । २०४८ र २०५१ सालमा आचार्य जन प्रतिनिधी भए । उनले धेरै आश्वासन बाडे । २०४८ सालमा पहिलो पटक गाउको नेता सांसद भए पछी दुवियाका जनतामा धेरै खुसी भएका थिए । गाउका नेता सांसद भए पछी विकास हुने आशामा थिए । कांग्रेसबाट विजयी भएका विष्णुराज आचार्य चुनाव जिते पछी आफु खुसी भए होलान तर जनतालाई खुसी वनाउन भने सकेनन् । दोस्रो पटक २०५१ सालमा फेरी कांग्रेसबाट टिकट पाए । केही नगरे पनी जनताले एक पटक फेरी मौका दिए उनलाई तर बिकासको नाममा फेरी पनी माखो मारेनन उनले ।
त्यस पछीको २०५६ सालको निर्वाचनमा विरेन्द्र कुमार कनोडियाले टिकट पाए । केही नगरेका आचार्यले यस पटक मौका पाएनन् । उनको आलोचना भए पछी उनका भाई सुरेन्द्र राज आचार्यले कांग्रेसको वागी बनेर छाता चुनाव चिन्ह लिएर चुनाव लडे । विरेन्द्र कुमार कनोडिया विजय भए र सुरेन्द्र राज आचार्य निकटतम प्रतिद्धन्द्धी भए । दोसा्रे संविधान सभाको निर्वाचनमा फेरी आचार्य परिवारको हातमा कपिलवस्तु कांग्रेसको राजनिती आयो । सुरेन्द्र राज आचार्य कपिलवस्तुको तत्कालिन ४ नं. क्षेत्रबाट टिकट पाए । त्यहाका जनताले उनलाई निवाचित गराएर पठाए । तर सुरेन्द्र राज आचार्यले पनी विकासको नाममा सिंको पनी भाचेनन् । महाराजगंज, चन्द्रौटा क्षेत्रको जनताको मत पाएर जिते ।
प्रचण्ड सरकारको पालामा सुरेन्द्र राज आचार्य सिंचाई राज्य मन्त्री समेत भए । मन्त्रि हुदा पनी आफ्नो क्षेत्रको विकासमा टेवा पुराएन सकेनन् । उनको पालामा सडक, खानेपानी, स्वास्थय, संचार, शिक्षा, सिंचाई केही योगदान गर्न सकेनन् । आचार्य परिवारबाट दोस्रो केही नगर्ने नेताको रुपमा परिचित भए । मन्त्री भए पछी दुवियाको मुहार फेरीने सपना देखेका दुविया वासी को सपना अधुरो नै रहयो । जुन जोगी आए पनी कानै चिरेको भन्ने उखान जस्तै भएको छ दुविया वासी बिदेशी थारु वताउछन ।

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  ३ : १३ बजे