१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कांग्रेसका पूर्व गाविस सभापति बाम गठबन्धनमा प्रवेश



सल्यान, १८ मंसिर ।
पश्चिम सल्यानमा संयुक्त बाम गठबन्धनले चुनावीसभा सम्पन्न गरेको छ । वन्गाड कुपिण्डे नगरपालिकाको सल्लीबजारको चुनावीसभालाइ बाम गठबन्धनका उम्मेदवारहरुले सम्बोधन गरेका छन् ।

प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार तथा विनाविभागीय मन्त्री टेक बहादुर वस्नेतले सभामा बोल्दै बाम गठबन्ध विना अव देशको विकास सम्भव नभएकोले आफुहरुको जीत आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा साविक घाँजरीपीपल गाविसका पुर्वसभापति भुपेन्द्रजंग शाह लगाएतका १ दर्जन बढि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले बाम गठबन्धनमा प्रवेश गरेको त्यहाँबाट दुर्गा विसीले जनाउनु भएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  ३ : ३० बजे