१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

समानुपातिक उम्मेदवार माओवादी केन्द्रमा प्रवेश



महोत्तरी, १८ मंसिर ।
राप्रपाका समानुपातिकतर्फका उम्मेदवार श्याम शासङ्कर माओवादी केन्द्रमा प्रवेश गरेका छन्। गौशाला नगरपालिका– १ रामनगरमा आइतबार आयोजित चुनावी सभामा शासङ्करको नेतृत्वमा राप्रपाका एक सय नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका हुन्। विनाविभागीयमन्त्री तथा महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले शासङ्करलाई पार्टी प्रवेश गराएका हुन्।राप्रपा पार्टी भित्र व्यक्तिवादी शासन हावी भएको र सत्ता र कुर्सीको लागि पार्टी नेतृत्वले जे पनि निर्णय गर्ने भएकोले अब राप्रपा बस्नु कुनै अर्थ नरहेको उनको भनाइ छ। पार्टीले कार्यकर्ताको वास्ता नगर्ने र केन्द्रीयता लाद्न खोज्ने गरेकोले सयौ कार्यकर्ता असन्तुष्ट रहेको शासङ्करले बताए। आफू पहिले पनि कम्युनिष्ट नै भएको भन्दै शासङ्करले राजनीतिक अस्थिरताका कारण केही समय राप्रपामा गएको प्रष्टीकरण दिए। शासङ्कर यसअघि एमाले छाडेर राप्रपा प्रवेश गरेका थिए।

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  ३ : ३४ बजे