२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

(नेकपा) परित्याग गर्दै खुमानसिंह परियार भन्छन्, “अब एमालेमै सक्रिय राजनीति गर्छु”



कपिलवस्तु, १८ मंसिर ।
लामो समयसम्म नेपाल कम्यूनिष्ट पार्टीमा रही काम गर्दै आउनुभएका शिवराज नगरपालिका वडा नं. २, हल्लानगर निवासी खेमानसिंह दमाई (खुमानसिंह परियार) राजनीतिक आस्था परिवर्तन गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
कपिलवस्तुको चन्द्रौटामा मंसिर ६ गते संयुक्त बामगठबन्धन कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ ले आयोजना भएको चुनावी सभामा नेकपाका सक्रिय नेता परियार एमालेमा प्रवेश गर्नुभएको हो । उहाँलाई संयुक्त बामगठबन्धनका क्षेत्र नं. ३ निर्वाचन परिचालन कमिटी संयोजक सफर अलिमिया, प्रतिनिधिसभा ३ का उम्मेदवार ईश्वरदयाल मिश्र, प्रदेशसभा १ का उम्मेदवार अर्जुन कुमार के.सी., प्रदेशसभा २ का उम्मेदवार जावेद आलम खाँ, शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरी, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पंगेनी लगायतले टीका माला लगाई स्वागत गर्नुभएको थियो ।
एमालेमा प्रवेश गरेपछि बामगठबन्धनलाई जिताउन उहाँ दिनरात कटिबद्ध भई चुनावी अभियानमा लाग्नुभएको निर्वाचन परिचालन कमिटीले जनाएको छ । साधारण पार्टी सदस्य समेत नरहने गरी नेकपा परित्याग गर्नुभएको परियारले अब एमालेमै रही सक्रिय राजनीतिमा लाग्ने बताउनुभएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  १२ : ३१ बजे