१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बामगठबन्धनको पश्चिमबाट जितको संकेत, मौन अवधिको पूर्व सन्ध्यामा हजारौँ जनताको साथ !



कपिलवस्तु, १८ मंसिर ।
कपिलवस्तुको बहादुरगञ्जमा बाम गठबन्धनद्धारा विशाल जनसभा सम्पन्न भएको छ । बाबुबादको अन्त्य गरि मधेसमा भाइचाराको सम्बन्ध स्थापित गर्न बाम गठबन्धनको विकल्प नभएको क्षेत्र नम्बर ३ प्रतिनिधि सभा उम्मेदवार ईश्वर दयाल मिश्राले बताउनुभएको छ । तराईका खेतियोग्य भुमिमा सिंचाई ब्यवस्था मिलाई कृषिमा आत्मनिर्भर मधेश बानउने र बाबुबादबाट तराईलाई मुक्त बनाउन आफु जननेताको रुपमा अडिक रहने बाम गठबन्धन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा उम्मेदवार मिश्राले हजारौँ मतदाताको विचमा प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मधेश र पहाडलाई जोड्दा विकासले कोल्टो फेर्ने हुँदा यसपाली जनताहरुले आफु लगाएत बाम गठबन्धलाई अत्याधिक बहुमतले विजयी बनाउने प्रतिनिधि सभा उम्मेदवार ईश्वर दयाल मिश्राले दावी समेत गर्नु भयो ।
त्यस्तै विभिन्न विषयगत सुविधा सम्पन्न अस्पतालको स्थापना गरी नागरीकहरुको स्वास्थ जिवनको ग्यारेन्टी गर्दै विकासको मुल फुटाउने प्रदेश सभा १ का उम्मेदवार अर्जुन के.सिले बताउनुभयो । २० औ वर्ष सम्म मधेसमा नेतृत्व गर्ने हैकमबादले मधेश अतालिएको हुँदा यसपाली जनताले बाम गठबन्धनलाई अत्याधिक बहुमतले विजयी बनाउनेमा उम्मेदवार के.सिले विश्वास ब्यक्त गर्नुभयो ।
त्यस्तै आफुलाई गुन्डा भन्नेलाई कडा जवाफ दिदै मजदुरी गरेर खाने, जनता संगै बस्ने, जनतासंगै दुःख सुःख साट्ने तर उनीहरु जस्तै भष्टचारी कदापि बन्न नसक्ने प्रदेश सभा २ का उम्मेदवार जावेद आलम खानले बताउनुभयो । आफुलाई ड्राइबर भन्नेहरुलाई चुनौती दिदै प्रदेश सभाका उम्मेदवार खानले भन्नुभयो, ‘विलासिकारको कालो सिसा खोलेर बाहिर आउँ जनताले कति पिडा पाएका छन ।’ आफु कम बोल्ने बढी काम गर्ने भएकोले साच्चै जनताको घाऊमा मलम लगाउने बाम गठबन्धनलाई जनताले रोजीसकेको उहाले तर्क गर्नुभयो ।
मधेशमा आफ्नो जनलहर पैदा भएको भन्दै बाम गठबन्धन साच्चिकै जनताहरुको सुख दुखको साथी बन्नेमा आशाबादी रहेको बाम गठबन्धनको तर्फबाट समानुपातीक उम्मेदवार सिराज फारुकीले बाताउनु भयो । कार्यक्रममा प्रदेश सभा १ का संयोजक तथा शिवराज नगर प्रमुख नेत्रराज अधिकारी, एमाले नेतृ तथा उपप्रमुख शिवकुमारी थारु, नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य सन्तोषि पाण्डे लगाएतले मन्तब्य दिनु भएको थियो । कार्यक्रम निर्वाचन परिचालन कमिटी संयोजक सफर अलिको अध्यक्षता र सुशिल कुमार श्रीवास्तवको संचालनमा सम्पन्न भएको थियो । बामगठबन्धनको ¥याली चन्द्रौटा, खरेन्द्रपुर हुदै बहादुरगंजमा गई आमसभा सम्पन्न भएको थियो । बामगठबन्धनमा सहभागी हजारौ जनताको साथले बामगठबन्धनको जित निश्चित रहेको चर्चा चलेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  ३ : १५ बजे