१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बलदेवको मतदातामा अपिल, ‘एक पटक जिताएर हेर्नुस विकास के हो गरेर देखाउँनेछौँ’



कपिलवस्तु, १८ मंसिर ।
मौन अवधिको पूर्व सन्ध्यामा कपिलवस्तु क्षेत्र नम्बर एक प्रतिनिधि सभा सदस्यका उम्मेदवार चक्रपाणी खनाल (वलदेव)ले एक पटक विकासको लागि अवसर दिन मतदाता समक्ष अपिल गर्नुभएको छ । कपिलवस्तुको विकासमा सबैभन्दा पछि परेको भन्दै यसपाली भोट दिएर मतदाताले जिताए मुहार फेरेर देखाउने बताउनुभयो । मायादेवी अनलाइन संग संक्षिप्त कुराकानी गर्दै उम्मेदवार बलदेवले प्रतिनिधिसभा १ मा गोलाकार भित्रको ‘हसिया हथौडा’ र प्रदेशसभा १ र २ मा ‘सूर्य’ चिह्नमा मतदान गर्न आग्रह गर्नुभएको छ ।
यसै विच फरक प्रसङ्गमा बोल्दै उम्मेदवार चक्रपाणी खनाल (वलदेव)ले बामगठबन्धनले चुनाव जित्ने आधार सुनिश्चित भईसकेको बताउनु भएको छ । उम्मेदवार खनालले बामगठबन्धन प्रति जनताको जनलहर दिनप्रतिदिन बढ्दै गएपछि पार्टी संगठन र कार्यकर्ताको लगावले चुनाव जित्ने प्रष्ट भएको दावी गर्नुभयो । उहाँले प्रतिनिधी सभा एकको विभिन्न क्षेत्रका मतदातासंग भेटघाट गर्दै उम्मेदवार खनालले बामगठबन्धनको सरकारले आगामी ५ वर्ष भित्रमा कपिलवस्तु जनताको माग र समस्यालाई पुरा गर्ने बताउनु भएको छ ।
पटक पटक नेपाली काँग्रेसले चुनाव जितेर गएपनि कपिलवस्तुको विकासमा कुनै काम गर्न नसकेकोले बामगठबन्धनको सरकारले कपिलवस्तुको समग्र विकासको नेतृत्व लिने बताउनुभयो । उम्मेदवार खनालले कपिलवस्तुमा भए गरेका सवै कामको पर्चा बनाएर कांग्रेसले झुटो प्रचार गरेर जनतालाई झुक्याउने काम गरेकोले यसको परिणाम जनताले चुनाबबाटै देखाईदिने बताउनुभयो ।
चुनावको अन्तिम समयमा हार्ने मानसिकताले नेपाली कांग्रेसले यसअघि भएका विकासका सवै कामलाई कांग्रेसले गरेको भनेर पर्चा बाढ्नु हास्यस्पद भएको बताउनुभयो । उहाँले यसअघि पनि काग्रेसले गरे त्यस्तै खालको झुटो प्रचार प्रसार गरेर चुनाव हारेको अनुभव सुनाउदै उम्मेदवार खनालले यहाँका जनताले त्यो कुरा नपत्याउने स्पष्ट पार्नुभयो ।
बामगठबन्धनलाई जनताले अवसर र उत्सवको रुपमा लिएको बताउदै चक्रपाणी खनालले मतदाताले दुई तिहाई मतदिने विश्वास व्यक्त गर्नुभयो । घरदैलो तथा भेटघाट गर्ने क्रममा बामगठबन्धनको देशैभरी चर्चा भईरहेको बताउनुभयो । उहाँले स्थिर सरकार र समृद्धिका लागि बामगठबन्धन बनेको बताउदै अब बन्ने सरकारले शिक्षा, स्वास्थ्य, राजेगारी लगाएतको आर्थिक समृद्धि ल्याउने बताउनुभयो ।

 

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  ३ : ३२ बजे