१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

बृजेश कुमार गुप्ता भन्छन्, ‘ढुक्क जित्छु, कांग्रेस समालियोस’



कपिलवस्तु, १८ मंसिर ।
कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेस संग कुनै प्रतिस्पर्धा नै नरहेको बामगठबन्धनका साझा उम्मेदवार वृजेश कुमार गुप्ताले बताउनुभएको छ । पहाडी, मधेसी, थारु, मुस्लिमको साझा उम्मेदवार आफु भएकाले प्रतिस्पर्धामा कांग्रेस धेरै पछि परेको उहाले प्रष्टाउनुभयो । सामुदायिक टेलिभिजन बुद्धआवाजको निर्वाचन सरोकार कार्यक्रममा बोल्दै उम्मेदवार गुप्ताले उत्तरमा सूर्य चिह्नमा आस्था राख्ने एमाले र गठबन्धनको अर्को घटक माओबादीको बलियो संगठन र दक्षिणमा आफ्नो पक्षमा दहरो जनआधार भएकाले चुनाव ठुलो अन्तरमा जित्ने दाबी गर्नुभएको छ ।
स्वच्छ, इमान्दार छविको पहिचान बनाउनुभएका गुप्ताले चुनाव जित्ने कुनै आधार नभेटे पछि कांग्रेसले आफ्नो चरित्रहत्या गरेर चुनाव जित्न खोजेको बताउनुभयो । नितान्त आफ्नो घरायसी कुरा उब्जाएर कांग्रेसले आफ्नो रचित्र हत्या गर्न खोजेको भन्दै उम्मेदवार गुप्ताले त्यसको जवाफ मंसिर २१ गते मतदाताले आफ्नै दिने बताउनुभएको छ । पूर्व कानुन तथा न्यायमन्त्री समेत रहनुभएका गुप्ताले घरायसी सम्बन्ध विच्छेदको मुद्धा अदालतमा विराधिन रहेको बताउदै कांग्रेसले अदालतको अपमान हुने गरि कपोकल्पित र भ्रामक कुरा गरेको भन्दै कांग्रेस पराजित मानसिकताले ग्रस्त रहेको तर्क राख्नुभयो ।
कांग्रेसका तर्फबाट विष्णु आचार्य र सुरन्द्र आचार्य पटक पटक सासंद भएपनि उनीहरुले जित्दै आएको महाराजगञ्ज लगायतको क्षेत्र जिल्लाकै पछाडी रहनुले पनि आचार्य विकासप्रेमी नभएको आधार प्रष्ट भेटिने बताउनुभयो । कांग्रेसबाट विकासको आशा गर्न नसकिने भन्दै मतदाताले प्रष्ट बुझेको बताउनुभयो । लुम्बिनी तिलौराकोट चारलेनको सडक, मर्यादपुर तौलिहवा डबल लेनको सडक, बर्गदीघाट, रामघाट लगायतका नदीमा करौडौका पूल निर्माण आफु सांसद रहेको बेला भएको उहाले बताउनुभयो ।
विगतमा मधेस आन्दोलनका बेला सदरमुकाम तौलिहवा र सो भन्दा दक्षिणी क्षेत्रमा रहेका पहाडी मुलका मानिसहरु विच आफ्नो सम्मान र स्वाभिमान रहेको भन्दै आफु कहिल्यै जातीय आन्दोलनमा नलागेको बताउनुभयो । अहिले कांग्रेस उम्मेदवारले उत्तरमा पहाडीया भड्काउने र दक्षिमा मधेसी तर्साउने गरेको प्रति आफुहरु सचेत रहेको बताउनुभएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  ३ : ३९ बजे