१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

उम्मेदवार रीता थारु भन्छिन्, ‘बामगठबन्धनले मात्र सबै जातीको सम्मान गर्न गर्छ’



कपिलवस्तु, १८ मंसिर ।
बामगठबन्धनकी समानुपातिक उम्मेदवार रीता थारुले महिला, थारु, युवा, मजदुर, किसानका समस्याको समाधान बामगठबन्धनको सरकारले गर्ने बताउनु भएको छ । बामगठबन्धनबाट समानुपातिक उम्मेदवार बन्नु भएकी रिता थारुले वाणगंगा नगरको विकासमा बामगठबन्धनको सरकारले धेरै काम गरेको बताउनुभयो ।
उहाँले बामगठबन्धनले सवै जातजाती, धर्म, समुदाय, सँस्कृति मान्ने समुदायलाई विकासको मुलधारमा ल्याएकोले बामगठबन्धनलाई भोट दिन आग्रह गर्नुभयो । निर्वाचन प्रचार प्रसारको अन्तिम दिन घरदैलोको क्रममा रीता थारुले काग्रेस कयौपटक सरकारमा गएपनि कपिलवस्तुमा कुनै विकास नगरेको बताउनुभयो ।
घरदैलो कार्यक्रममा निवर्तमान साँसद विश्राम प्रसाद थारुले कपिलवस्तुको विकासमा केन्द्रीय बजेट ल्याउन आफु सफल भएको बताउनुभयो । उहाँले आफनो क्षेत्रमा बनगाई लक्ष्मणघाट जोड्ने पुल, लक्ष्मणघाट तिलौराकोट सडक खण्ड निर्माण लगाएतको विकासको अगुवाई गरेकोले बामगठबन्धनलाई जनताले मत दिने विचार व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  ३ : ४७ बजे