४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

विष्णु पंथीको मतदातालाई अपिल, ‘तपाई भोट दिनुस नोकर हामी बन्न तयार छौ’



कपिलवस्तु, १८ मंसिर ।
बौद्धिक तथा बैचारिक नेताको रुपमा चिनिने विष्णु पंथी प्रतिनिधिसभा १ को प्रदेशसभा १ को उम्मेदवार हुनुहुन्छ । बामगठबन्धनका साझा उम्मेदवार रहनुभएका पंथीले मतदाता समक्ष अपिल गर्दै एक पटक भोट दिएर नोकर बनाउँन आग्रह गर्नुभएको छ । नेता भाषण गरेर मात्र नहुने भन्दै जनताको सेवा गर्नका लागि आफुले उम्मेदवारी दिएको प्रष्ट पार्नुभएको छ । मायादेवी अनलाइन संग संक्षिप्त कुराकानी गर्दै उम्मेदवार पंथीले भन्नुभयो, ‘भारी मतले जिताउनु जनताको नोकर हामी बन्न तयार छौ’ । फरक प्रसङ्गमा भएको कार्यक्रममा बोल्दै कपिलवस्तु प्रतिनिधी सभा एक प्रदेश सभा एकका उम्मेदवार विष्णु पन्थीले गाविसमा ३ लाख पठाउने एमालेको ९ महिने सरकारले गरेको नितिगत निर्णयले गाउँ गाउँमा विकास र परिवर्तन आएको बताउनुभयो । उम्मेदवार पन्थीले मनमोहन अधिकारीको पालामा प्रत्येक गाविसलाई ३ लाख पठाएर विकासको शुरुवात अघि बढेको बताउनुभयो । उहाँले त्यतिबेलाको एमाले सरकारले छुट्टाएको ३ लाख बजेट अहिले बढेर प्रत्येक वडा वडामा १ करोड बढि बजेट गएपछि विकास निर्माणको काम अघि बढेको हो ।
युवा उम्मेदवार विष्णु पन्थीले आफनो गाउ आफै बनाउको कार्यक्रम र बजेटले घरघरमा विकास, पक्की बाटो, पुलपुलेसा, स्कुल, विजुली, खानेपानी जस्ता पूर्वाधार पुगेको बताउनुभयो । निर्वाचन प्रचार प्रसारको अन्तिम दिन विभिन्न क्षेत्रमा मतदातासंगको भेटघाटमा बामगठबन्धनको सरकारले युवालाई उत्पादनसंग जोडेर रोजगारी र देशलाई समृद्ध बनाउने बताउनुभएको छ ।
पन्थीले नेपाली जनतालाई धनी र मुलुकलाई समृद्ध बनाउने योजना बामपन्थीसंग मात्र रहेको बताउनुभयो । उम्मेदवार पन्थीले सानो अर्थतन्त्र रहेको र गरिब देशको परिचय बोकेको नेपाललाई बामपन्थीको सरकारले बदल्दै नेपाल सम्पन्न र समृद्ध बनाउने उद्घोष गर्नुभयो ।

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  ४ : ०२ बजे