११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

कपिलवस्तुका दुई क्षेत्रमा बाम अगाडी, एकमा कांग्रेस



तौलिहवा, २३ मंसिर ।
कपिलवस्तु प्रतिनिधिसभा १ मा नेकपा (माओबादी केन्द्र) का चक्रपाणी खनाल ‘बलदेव’ ले आफ्नो शुरुवाती अग्रता कायमै राख्नुभएको छ ।
उहा कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्याय भन्दा १ हजार ९५ मतका साथ अगाडी हुनुहुन्छ । बामगठबन्धनका खनालले १० हजार ५ सय ५६ मत प्राप्त गर्नुभएको छ भने भने कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायले ९ हजार ४ सय ६१ मत प्राप्त गरेका छन ।
प्रतिनिधिसभा २ मा एमालेका बृजेश कुमार गुप्ता अग्रस्थानमा रहेका छन । मतगणना देखिनै शुरुवाती अग्रता पाएका ुगुप्ताले १७ हजार ८७ मत प्राप्त गरेका छन भने कांग्रेस उम्मेदवार आचार्यले १५ हजार ३ सय २० मत ल्याएका छन ।
प्रतिनिधिसभा ३ मा कांग्रेस उम्मेदवार अभिषेक प्रताप शाहले शुरुवाती चरण देखिनै आफ्नो अग्रता कायमै राखेका छन ।
शाहले हाल सम्म ८ हजार ५ सय ३९ मत प्राप्त गरेका छन भने एमालेका मिश्राले ७ हजार १ मत पाएका छन । यि दुवै उम्मेदवारलाई संघिय समाजबादी फोरम नेपालका मंगल प्रसाद गुप्ताले ६ हजार ६० मत पाउदै शाहलाई पछ्छाईरहनु भएको छ ।
जिल्लाका ६ ओटा प्रदेशसभा तर्फपनि बामगठबन्धनका उम्मेदवार अगाडी रहेका छन । प्रतिनिधिसभा १ ‘१’ मा एमालेका विष्णु पंथीले ७ हजार ४ सय ७९ मतको साथ अग्रस्थानमा छन भने कांग्रेसका पुर्ण प्रसाद चौधरीले ४ हजार ९ सय ५८ मत ल्याई पछ्याइरहेका छन ।
प्रदेशसभा २ मा राजपा नेपालका मधुसुदन शरण चौधरी २ हजार १ सय १ मतको साथ झिनो मतले संघिय समाजबादी फोरम नेपालका सहसराम यादवलाई उछिनेका छन । फोरमका यादवले १ हजार ९ सय २८ मत पाएका छन ।
प्रतिनिधिसभा २ को ‘१’ मा एमालेका दीर्घनारायण पाण्डे ५ हजार ७ सय २३ मत ल्याएर अग्रता लिइरहेका छन । उनका निकटतम प्रतिद्धन्द्धि कांग्रेसका जवाहिर चौधरीले ५ हजार ५ सय ६४ मत पाएका छन ।
प्रदेशसभा २ मा कांग्रेसका सुधाकर पाण्डेयले ३ हजार ८ सय ६८ मत ल्याएर अग्रतका छन भने उनलाई एमालेका धरम बहादुरलाल श्रीवास्तवले ३ हजार ६ सय ८८ मत ल्याई पछ्याइरहेका छन ।
प्रतिनिधिसभा ३ को ‘१’ मा बामगठबन्धनका अर्जुन केसीले ४ हजार ६ सय ५० मत ल्याई अग्रता कायम गरेका छन भने कांग्रेसका अजय थापाले २ हजार ३ सय ६३ मत प्राप्त गरेका छन । प्रदेशसभा २ मा माओबादी केन्द्र जावेद खाँले ४हजार ८१ मत ल्याएर अग्रता पाएका छन भने कांग्रेसका विरेन्द्र कानोडियाले ३ हजार ७ सय ४४ मत पाएका छन ।
जिल्लामा ३ लाख ११ हजार ७ सय ६० मतदाता मध्ये विहिबार भएको निर्वाचनमा ७३ दशमलव ७९ प्रतिशत मतदान भएको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७४ शनिबार ००:००  ९ : ५६ बजे