७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भारी मतका साथ कपिलवस्तु २ बाट वृजेस कुमार गुप्ता विजयी



मायादेवी अनलाई मंसिर २४ ।
शुक्रबारदेखी देखि कपिलवस्तुको सदरमुकाम तौलिहवामा जारी मतगणनामा बामगठबन्धनले अग्रता कायमै राखेको छ । प्रतिनिधिसभा तर्फ २ मा वामगठबन्धनका साझ उमेदवार वृजेश कुमार गुप्ता विजयी हुनु भएको छ । उहाले नेपाली कांग्रेसलाई ३ हजार ५ सय ८१ मतका साथ पराजित गर्नु भएको हो । गुप्ताले ३५ हजार १ सय ४७ मतका साथ विजयी हुनुभयो । उहाका प्रतिद्धवन्दी सुरेन्द्रराज आचार्यले ३१ हजार ५ सय मत प्राप्त गर्नु भयो। प्रतिनिधी सभा १ मा बामगठबन्धनका चक्रपाणी खनाल ‘बलदेव’ ले कांग्रेसका दीपकुमार उपाध्यायलाई २ हजार ३ सय ९९ मतले पछाडी पार्नुभएको छ ।
बामगठबन्धनका खनालले २२ हजार ८ सय ७३ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका उपाध्यायले २० हजार ४ सय ७४ मत ल्याई पछ्याइरहनुभएको छ । यस क्षेत्रमा खनालले शुरुवाती चरण देखिनै अग्रता कायम राख्दै आउनुभएको छ ।
प्रतिनिधिसभा ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह अगाडी रहनुभएको छ । शाहले १२ हजार ३ सय ३४ मत ल्याउनुभएको छ भने उहालाई बामगठबन्धनका इश्वर दयाल मिश्रले १० हजार ४ सय ४१ मत ल्याई पछ्याईरहनुभएको छ । संघिय फोरमका मंगल प्रसाद गुप्ताले ९ हजार २८ मत ल्याउनु भएको छ । यता कपिलवस्तुका ६ वटा प्रदेशसभा तर्फ पनि रोचक प्रतिस्पर्धा देखिएको छ । क्षेत्र नम्बर ३ को ख मा नेपाली कांग्रेसका विरेन्द्र कानोडिया विजयी हुनु भएको छ । ६ हजार ६ सय ७९ र वामगठबन्धनका जावेद खा ले ६ हजार ३ सय ७ मतका साथ पराजित गर्नु भएको हो ।
शुरुवाती चरण देखिनै बामगठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका प्रदेशसभा तर्फका ४ उम्मेदवार अगाडी छन । जसमा क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा एमालेका विष्णु पंथीे कांग्रेस उम्मेदवार पुरन थारु भन्दा फराकिलो मतले अग्रता कायम राख्नुभएको छ । प्रतिनिधिसभा २ को प्रदेशसभा १ मा पनि बामगठबन्धनका उम्मेदवार दीर्घनारायण पाण्डे कांग्रेस उम्मेदवार जवाहिरलाल चौधरीभन्दा अगाडी हुनुहुन्छ । यस्तै प्रतिनिधिसभा ३ को प्रदेश तर्फका दुवै क्षेत्रमा बामगठबन्धनका उम्मेदवार अगाडी रहेका छन । जसमा प्रदेश १ मा अर्जुन केशी र २ मा जावेद आलम खा आफ्ना प्रतिस्पर्धीभन्दा अगाडी रहनु भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७४ आइतबार ००:००  २ : ०३ बजे