१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुुबाट ४ पटक सम्म लगातार बृजेश कुमार गुप्ता विजयी



हरि अधिकारी कपिलवस्तु मंसिर २४ ।
कपिलवस्तुको प्रतिनिधी सभा सदस्य क्षेत्र नम्बर २ मा नेकपा एमालेका बृजेश कुमार गुुप्ता विजयी हुनुु भएको छ । गुुप्ताले काग्रेसका जिल्ला सभापति समेत रहेका सुरेन्द्रराज आचार्यलाई ३ हजार ५ सय ८१ मत अन्तरले पराजित गर्नुभएको हो । गुप्ताले ३५ हजार १ सय ४७ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी सुरेन्द्र राज आचार्यले ३१ हजार ५ सय ६६ मत पाउनुभएको छ । कुल ७५ हजार ९ स य ८९ खसेको मत मध्ये ७१ हजार ९ सय १४ मत सदर भएको थियो भने ४०७५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत ओमकार उपाध्यायले जानकारी दिनुुभयो । गुप्ताले २०५६ देखि भएका निर्वाचनमा लगातार जित हात पार्दै आउनुभएको छ । केही समय पहिले राजपा नेपाल छाडेर स्वतन्त्र समूह बनाएर सूूर्य चुुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।
यसैबीच प्रतिनिधी सभा ३ को २ मा नेपाली काग्रेसका बिरेन्द्र कुमार कनोडिया विजयी हुनुभएको छ । कनोडियाले ६हजार ६सय ७९ मत ल्याएर बाम गठबन्धनका जावेद खाँलाई पराजित गर्नुभको छ । खाँले ६ हजार ४ सय ७ मत ल्याउनुु भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७४ आइतबार ००:००  २ : ०५ बजे