१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुका ६ प्रदेस सभामा कहा को अगाडी ? (पुरा पढ्नुहोस)



दिपा महत मंसिर २४ ।
प्रतिनिधी सभा १ को प्रदेस सभा १ मा नेकपा एमालेका विष्णु पंथी अग्र स्थानमा हुनुहुन्छ । उहाले १८ हजार २१ मत प्राप्त गर्नु भएको छ । यसैगरी नेपाली कांग्रेसका पूर्ण प्रसाद चौधरीले १० हजार ९ सय १४ मत प्राप्त गर्नु भएको छ । पंथी चौधरी भन्दा ७ हजार १ सय ७ मतले अगाडी हुनुहुन्छ ।
यस्तै प्रतिनिधी सभा १ को प्रदेश २ मा संघिय समाजवादी फोरम नेपालका सहसराम यादव ५ हजार ८१ मतका साथ अगाडी हुनुहुन्छ । उहालाई राजपाका मधु सुधनसरण चौधरीले ४ हजार ७ सय ९३ मतका साथ पछ्याई रहनु भएको छ भने एमालेका फजलुर रहमानले ३ हजार २ सय ९६ मत प्राप्त गर्नु भएको छ । यस्तै प्रतिनिधी सभा २ को प्रदेस १ मा एमालेका दीर्घ नारायण पाण्डेले अग्रता कायमै राख्नु भएको छ ।
उहाले १५ हजार ९२ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका जवाहरलाल चौधरीले १२ हजार ९ सय ८४ मत प्राप्त गर्नु भएको छ । प्रतिनिधी सभा २ को प्रदेश २ मा एमालेका धर्म बहादुर लाल श्रीवास्तवले ८ हजार ६ सय ३५ मत प्राप्त गरी अग्र स्थानमा हुनुहुन्छ । प्रतिनिधी सभा ३ को १ मा एमालेका अर्जुन कुमार केसी ले ७ हजार ६ सय ११ मतका साथ अग्रता लिईरहनु भएको छ । त्यसैगरी राष्ट्रिय जनता पार्टी नेपालका रविदत्त मिश्रले ५ हजार ४ सय ३२ मत प्राप्त गर्नु भएको छ ।
यसैबीच प्रतिनिधी सभा ३ को २ मा नेपाली काग्रेसका बिरेन्द्र कुमार कनोडिया विजयी हुनुभएको छ । कनोडियाले ६हजार ६सय ७९ मत ल्याएर बाम गठबन्धनका जावेद खाँलाई पराजित गर्नुभको छ । खाँले ६ हजार ४ सय ७ मत ल्याउनुु भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७४ आइतबार ००:००  ४ : ५८ बजे