१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

महोत्सवमा धरहरा मुख्य आकर्षण, आज हास्य कलाकार राजा राजेन्द्र आउने



कपिलवस्तु २६ मंसिर ।
“एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ को तेस्रो दिन सोमवार पनि दर्शकहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।
३ दिन सम्म चलेको महोत्सवमा करिब ३० हजार दर्शकले मेला अवलोकन गरेको र ७५ लाखको आर्थिक कारोवार भएको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिनु भयो ।
मंगलवार हास्य कलाकार राजा राजेन्द्र र द एक्स ब्यान्डको बेजोड प्रस्तुती रहेने संस्कृति तथा मनोरञ्जन संयोजक राजन आलेले जानकारी दिनु भयो । आज लोकदोहरी गायक पशुपति शर्मा र ऋतु थापा मगरको बेजोड प्रस्तुती दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन पुर्याएको थियो ।
महोत्सवमा मुख्य आर्कषको रुपमा भुकम्पले ध्वस्त पारेको धरोहराको झल्को दिने गरि नमुना धरोहरा राखिएको छ । उक्त धरोहरा हेर्नका लागि दर्शकहरुको भिड लाग्ने गरेको महोत्सवका संयोजक राजकुमार खाँणले बताउनु भयो ।
वाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा भगवान गौतम वुद्धको गृह जिल्ला बाणगंगा नगरपालिका स्थित वुद्ध रंगशाला ४ नं जितपुरमा शुरु भएको महोत्सव पौष ५ गते सम्म चल्ने छ ।

प्रकाशित मिति : २६ मंसिर २०७४ मंगलबार ००:००  १ : २७ बजे