१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कपिलवस्तुमा १४ हजार भन्दाबढि मत बदर



कपिलवस्तु २६ मंसिर ।
मतदाता शिक्षा प्रभावकारी बनाउन हरेक चुनावमा लाखौ रकम खर्च गरेपनि हातलायो शुन्य हुने हुने गरेको छ । निर्वाचनको बेला मतदातालाई मतदाता शिक्षा दिनकै लागि निर्वाचन आयोगले देशभर करोडौ रकम खर्च गर्ने गरेको छ तर मतदाता शिक्षा दिन खटिने सहजकर्ताले सन्तोषजनक काम गर्न नसकेको पुष्टि भएको छ । यद्यपि कतिपय ठाउँमा मतदाता नै मतदाता शिक्षा लिन अनिच्छुक भएकै कारण बदर मतको संख्या बढेको पाइएको छ ।
असारमा सम्पन्न स्थानिय तहको निर्वाचनमा प्रमुख पदलाई आधार मान्दा ८ देखि २८ प्रतिशत सम्म मत बदर भएको तितो यथार्थ हुदा हुदै विहिबार सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि बदर मत कम गर्न सकिएन । कपिलबस्तुमा प्रतिनिधिसभा तर्फ १४ हजार मत बदर भएको पाइएको छ । यसपालिको निर्वाचनमा करिब १३ हजार ८ सय १४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जनाएको छ ।
१ लाख १६ हजार ९ सय ३७ मतदाता रहेको प्रतिनिधिसभा १ मा ८५ हजार ४ सय ६१ मत खसेको थियो । सोमध्ये ४ हजार ४ सय ७४ मत बदर भएको छ । यस्तै १ लाख २ हजार ४ सय २० मतदाता रहेको प्रतिनिधिसभा २ मा ७५ हजार ९ सय ८९ मत खसेकोमा ४ हजार ७५ मत बदर भएको छ । यसैगरी ९२ हजार ४ सय ३ मतदाता रहेको प्रतिनिधिसभा ३ मा ६८ हजार ९ सय २ मत खसेको थियो । जसमा ५ हजार २ सय ६५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
३ प्रतिनिधि र ६ प्रदेश सभा निर्बाचन क्षेत्र रहेको कपिलबस्तुमा ३ लाख ११ हजार ७ सय ६० मतदाता रहेका थिए । जिल्लामा निर्धारित तालिका अनुसार मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसकेको कारण धेरै मात्रामा मत बदर भएको निर्वाचन अधिकृत ज्ञानहरी घिमिरे बताउनुहुन्छ । निर्वाचनको मतपरिणाम भर्खरै सकिएको र समानुपातिक तर्फको मतगणना भैरहेको कारण जिल्लाभर कति मत बदर भयो भन्न नसकिने उहाले बताउनुभयो ।

प्रकाशित मिति : २६ मंसिर २०७४ मंगलबार ००:००  १ : ३७ बजे