१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलबस्तुमा १६ बर्षे किशोरको क्रुर हत्या



कपिलबस्तु, मङसिर ।
कपिलबस्तुमा १ युबकको हत्या गरिएको छ । जिल्लाको बाणगंगा नगरपालिका ११ जहदि निबासि सेतु तेलिका अन्दाजि १६ बर्षका छोरा गणेश गुप्ता तेलिको हत्या गरिएको हो । हत्या पश्चात हत्यारा हाल फरार रहेका छन । उनको शबका केहि अबशेष जहदिको पुर्बी दक्षिण सिमानामा पर्ने खेतमा जलेको अबस्थामा गाउलले फेला पारेका थिए । गाउकै सुग्रिम कुर्मिले हत्या गरेको मृतकका बुबा सेतु तेलि बताउनुहुन्छ ।
अघिल्लो दिन घरबाट हिडेका उनि २० गते दिउसो सम्म फर्केर नआएपछि मृतकका दाजु महेश गुप्ता तेलिले खोजि गर्दै सुग्रिमको घरमा पुगेका थिए । अघिल्लो रात सँगै रहेको सुग्रिमले गैसकेको बताएपछि उनले गाउभरि खोजे तर भाईलाई फेला पार्न सकेनन ।
२० गते अपरान्हतिर दाजु महेशले जहदिमै रहेको प्रहरी कार्यालयमा भाई हराएको मौखिक जानकारी गराए । त्यसपछि भाईलाई खोज्दै अघिल्लो रात जोतेको ओम प्रकाश यादबका खेतमा पुग्दा यस्तो देखेको बताउछन मृतकका दाजु महेश गुप्ता ।
हराएको तेस्रो दिन २१ गते बिहान गाउलेहरु सहित खोजि गर्दै जाने क्रममा जहदिको पुर्बी दक्षिण सिमानामा पर्ने खेतमा स्याल र गिद्धहरु झुम्मिएको देखेपछि नजिकै गएर हेर्दा केहि हड्डि र जलेका मासुका टुक्राहरु गाउलेहरुले भेटाएका थिए ।
जहा मृतक गणेश हराएको राति ९ बजेतिर पराल जलिरहेको गाउलेहरुले देखेका थिए । यो स्थान गाउबाट करिब २ किलोमिटरको दुरिमा पर्दछ । घटनाको सत्यतथ्य पत्ता लगाई दोशीलाई हदै सम्मको कार्बाहि गर्न मृतकका अङ्कल राजेश गुप्ता माग गर्नुभएको छ ।
उनको हत्या कसरि र किन भयो ? त्यो भने खुल्न सकेको छैन । गाउलेहरुले रोटाभेटर सहितको टेक्टरमा परेर दुर्घटना भएको हुन सक्ने आशंका गर्दै ट्याक्टरधनिले दुर्घटनाको केशलाई लुकाउन शरिरलाई जलाएको हुन सक्ने तर्क गरेका छन ।

प्रकाशित मिति : २६ मंसिर २०७४ मंगलबार ००:००  १ : ४१ बजे