१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मेयरमा पराजित पाण्डे प्रदेश सांसदमा विजयी



मायादेवी अनलाइन, कपिलवस्तु, २७ मंसिर ।
गत असारमा सम्पन्न दोस्रो चरण अन्तरगत भएको स्थानीय तह निर्वाचनमा मेयर पदमा पराजित नेता प्रदेशसभाको सासंद पदमा विजयी हुनुभएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा कांग्रेसले टिकट नदिए पछि बागी उम्मेदवारी दिएर झिनो मतान्तरले पराजित हुनुभएका दीर्घ नारायण पाण्डे प्रदेश सांसदमा विजयी हुनुभएको हो । उहा प्रदेश सांसदमा विजयी भए पछि निकै चर्चा कमाउनुभएको छ ।
निर्वाचन मिति घोषणा पछि एमाले प्रवेश गर्नुभएका पाण्डेले प्रतिनिधिसभा २ को (१) मा प्रदेश सांसदको टिकट पाउनुभएको थियो । पूर्व महाराजगञ्ज गाविसका अध्यक्ष समेत भैसक्नुभएका पाण्डे नेपाली कांग्रेस कपिलवस्तुका प्रभावशाली नेता हुनुहुन्थ्यो ।
र कांग्रेसले निर्वाचनमा पटक पटक धोका दिएको भन्दै स्थानीय तह निर्वाचनमा महाराजगञ्जबाट विद्रोह गरि मेयरमा उम्मेदवारी दिनुभएको थियो । पछि कांग्रेस परित्याग गरि पाण्डे एमालेमा औपचारिक रुपमा प्रवेश गरेर प्रदेश सांसदको टिकट पाउनुभएको थियो ।
गत विहिबार सम्पन्न प्रतिनिधिभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका जवाहरलाल चौधरीलाई हराउँदै प्रदेश सांसदमा विजयी हुनुभएको छ । प्राप्त मत परिणाम अनुसार पाण्डेयले १९ हजार २ सय ४४ मत प्राप्त गर्नुभयो भने चौधरीले १७ हजार ६६ मत ल्याएर पराजित हुनुभएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७४ बुधबार ००:००  २ : ४७ बजे