८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सांसदमा अभिषेकको ह्याट्रिक !



मायादेवी अनलाइन, २६ मंसिर ।
पहिलो संविधानसभा निर्वाचनमा नेपालकै कान्छो सभासदको रुपमा संविधानसभा भवन छिरेका अभिषेक प्रताप शाह कपिलवस्तु प्रतिनिधिसभा ३ मा विजयी भएका छन । उनले आफ्ना प्रतिस्पर्धी संघिय समाजबादी फोरम नेपालका मंगल प्रसाद गुप्तालाई ४ हजार १ सय ७५ मतले पछि पार्दै विजय भएका हुन । शाहले २० हजार १ मत ल्याएका छन भने पराजित गुप्ताले १५ हजार ८ सय २६ मत प्राप्त गरेका छन ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसंगै शाहले सासंदमा ह्याट्रिक गरेका छन । उनले पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ५ बाट सभासद जितेका थिए । केही महिना अघि सम्म संघिय समाजबादी फोरमको तर्फबाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने शाह अब देखि कांग्रेसबाट प्रतिनिधित्व गर्ने छन । चुनाव आउनु अघि उनी संघिय समाजबादी फोरम नेपाल परित्याग गरि कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७४ बुधबार ००:००  २ : ५५ बजे