१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मुलक आर्थिक समृद्धिको युगमा प्रवेश- नवनिर्वाचित सासंद



मायादेवी अनलाइन, कपिलवस्तु, २७ मंसिर ।
प्रतिनिधिसभा १ का नवनिर्वाचित सासंद चक्रपाणी खनाल ‘बलदेव’ ले अब मुलुक आर्थिक समृद्धिको युगमा प्रवेश गरेको बताउनुभएको छ । भर्खरै सकिएको निर्वाचनमा जनताले बामगठबन्धनलाई भारी मतले जिताएको भन्दै जनताले दिएको जनमतलाई अबको ५ बर्ष भित्रमा आमुल परिवर्तन गरेर देखाउने प्रतिवद्धता व्यक्तगर्नुभएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका ३ राजापानीमा मङ्गलबार विहान प्रेस चौतारी र प्रेस सेन्टरले राखेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उहाले अबको पत्रकारिता आर्थिक समृद्धिको अभियान केन्द्रित हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।
बामगठबन्धनलाई जनताले परिवर्तनको धेरै आशा राखेर भोट दिएको भन्दै मतदाताको मनोभावना अनुसार आफुहरुले काम गरेर देखाउने बताउनुभयो । जनताको मर्म विपरित काम भए नभएको बारे पत्रकारले आफुहरुलाई खबरदारी गर्न आग्रह गर्नुभयो ।
प्रदेश नम्बर १ का प्रदेश सासंद विष्णु पंथीले बामगठबन्धनले अबको पाँच बर्ष भित्रमा आमुल परिवर्तन गरेर देखाउने बताउनुभयो । जनताले यसपटक बामगठबन्धन प्रति धेरै अपेक्षा राखेर बहुमत दिएको भन्दै देशमा विद्यमान गरिबी र विरोजगारी हटाएर अबको पाच बर्ष भित्रमा आमुल परिर्वतन गरेर देखाउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै संयुक्त बामगठबन्धन निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन परिचालन कमिटीका संयोजक डम्मर शर्माले बामगठबन्धनका उम्मेदवारलाई जताउन अहोरात्र खट्ने सबैलाई धन्यवाद दिनुभयो । पत्रकारले निर्वाचन अविधमा आचार संहिता विपरित जाने कतिपय उम्मेदवारलाई सजक गराएको भन्दै अझै पनि गलत काम गर्नेलाई पत्रकारले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
संयुक्त बामगठबन्धन निर्वाचन प्रचार प्रसार कमिटिका संयोजक लक्ष्मण बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार भेषराज पाण्डेले नवनिर्वाचित जनप्रतिनिधिले मतदाताका विच गरेका प्रतिबद्धता पुरा गर्न आग्रह गर्नुभएको छ । कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपालका कपिलवस्तु अध्यक्ष हरी अधिकारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७४ बुधबार ००:००  ३ : ०४ बजे