७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चितवनमा समानुपातिक तर्फ एमाले पहिलो दल



चितवन, २७ मंसिर (रासस) ।
जिल्लामा भएको समानुपतिकतर्फको मतगणनामा पनि नेकपा(एमाले) पहिलो स्थानमा रहेको छ । हालसम्म गणना गरिएको ३९ हजार १५६ मतमध्ये एमालेले १३ हजार ९४८ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले १२ हजार ७८४ मत प्राप्त गरेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले सात हजार २७३ मत प्राप्त गरेको छ । विवेकशील साझा पार्टीले एक हजार १९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै प्रदेशसभातर्फ भने नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ । काँग्रेसले १३ हजार १९० मत प्राप्त गरेको छ भने एमालेले ११ हजार ९४२ मत प्राप्त गरेको छ ।
यता माओवादी केन्द्रले भने सात हजार ५४८ मत प्राप्त गरेको छ । विवेकशील साझा पार्टीले एक हजार १९८ मत प्राप्त गरेको छ । जिल्लाका तीन क्षेत्र र ६ प्रदेशमा सबै वाम गठबन्धनका उम्मेदवारले प्रत्यक्षमा विजयी भएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७४ बुधबार ००:००  ५ : ४३ बजे