१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

देउवालाई चन्द्र भण्डारीको चेतावनी, ‘अरुले छोड छोड भन्ने होइन, आफै बुझेर नेतृत्व छोड्नुपर्छ’



बुटवल, २८ मंसिर । 

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीले हार बेहोरेपछि नेतृत्व राजिनामा दिएर नँया शिराबाट पार्टी निर्माणमा लाग्नु पर्ने बताउनु भएको छ । पार्टी नेतृत्वकै कारण कांग्रेसले हार बेहोरेको भन्दै उहाले नेतृत्व परिवर्तनमा जोड दिनुभयो । डेमोक्रेटिक कल्चरमा आफूले पराजय भोगेपछि नेतृत्व छाडिदिनुपर्ने भन्दै उहाले सधै दलाली राजनीति गरिरहनु जरुरी नभएको बताउनु भयो । बुटवलमा प्रेस युनियन रुपन्देहीले अयोजना गरेको पत्रकार सम्मेलनमा बौल्दै उहाले नेताहरुमा देश बनाउने आइडिया नै नभएको भन्दै आफूले यस विषयमा खल्ुला आलोचना गर्न सक्ने बताउनु भयो ।

नेता भण्डारीले अहिलेको नेतृत्वलबाट समृद्धिको आशा गर्न नसकिने बताउनु भयो । अव भिजन भएको नेतृत्व मात्रै देशलाई आवश्यक रहेकोमा जोड दिनुभयो । मंसिर २१ गते सम्पन्न गुल्मीको क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित नेता भण्डारीले पार्टीले हार व्यहोर्नुमा नेतृत्वमा रहेका नेता दोषी भएको बताउँदै नेतृत्वको कडा आलोचना गर्नुभयो ।

संविधान जारी भएपछि शुसिल कोइरालालाई फेरि प्रधानमन्त्रीको उम्मेद्वार बनाउनु, नाकाबन्दीको विपक्षमा बोल्न नसक्नु, प्रदेश नं ५ टुक्राउने कुरामा सहमति जनाउदा जनताहरु कांग्रेसको विरुद्धमा उभिएको उहाले बताउनु भयो । सरकारमा रहेर गरेका निर्णयहरु समेत पार्टी हितको विपरीत भएको भन्दै अव सच्चिने बेला आएको उहाले जनाउनु भयो ।

प्रकाशित मिति : २८ मंसिर २०७४ बिहिबार ००:००  १२ : २३ बजे