१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विजय उत्सवमा कसैलाई गाली नगरौं – गोकर्ण विष्ट



गुल्मी २८ मंसिर ।
नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वा्चित प्रतिनिधिसभा सदस्य गोकर्णराज विष्टले विजय उत्सवमा लगाइने नारा तथा भाषणमा कसैलाई गाली नगर्न आग्रह गर्नुभएको छ । निर्वा्चित भइसके पछि बुधबार मतदातालाई धन्यवाद दिन निर्वाचन क्षेत्रका गाउँगाउँमा पुगेका विष्टले आफू जनप्रतिनिधि भएको भन्दै विजय उत्सव मनाउँदा कसैलाई गाली नगर्न आग्रह गर्नुभयो । उहाँले अबको पाँच वर्षमा आफ्नो निर्वाचन क्षेत्रको मुहारै फेरिने गरी काम गर्ने बताउनुभएको छ ।
चुनावी प्रतिबद्धतामा जिल्ला भित्र रहेको बाटो, खानेपानी, शिक्षा, विद्युत लगायतका विकासका पुर्वाधारलाई आफूले प्राथमिकतामा राखेको उहाँको भनाई छ ।
अबको १५ दिनभित्र सवैको घरमा बिजुली, दुई वर्ष्भित्र गाउँपालिका तथा चार वर्षमा वडा केन्द्रसम्म पुग्ने बाटो पिच गर्ने, एक घर–एक धारा जस्ता विकासका कामलाई प्राथमिकतामा राखेको विष्टको भनाई छ । विष्टले आफूलाई भोट नदिनेको लागि पछुतो हुनेगरी काम गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २८ मंसिर २०७४ बिहिबार ००:००  १२ : २५ बजे