२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

महोत्सवमा दिनानु दिन दर्शकको भिड बढ्दो



पार्वती पाण्डे, कपिलवस्तु, २८ मंसिर ।
“एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता ” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ को पाचौ दिन बुधबार पनि दर्शकहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।
५ दिन सम्म चलेको महोत्सवमा करिब ५७ हजार दर्शकले मेला अवलोकन गरेको र १ करोड ४५ लाखको आर्थिक कारोवार भएको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिनु भयो ।
बिहिबार आधुनिक गायक कमल खत्री र लोक गायिका चन्दा अर्यालको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको । आज पप गायक नविन के भट्राई र लोकदोहोरी गायक मिलन लामाको बेजोड प्रस्तुतीले दर्शकहरुलाई छमछमी नचाएको संस्कृति तथा मनोरञ्जन संयोजक राजन आलेले जानकारी दिनु भयो ।
महोत्सवमा मुख्य आर्कषको रुपमा भुकम्पले ध्वस्त पारेको धरोहराको झल्को दिने गरि नमुना धरोहरा राखिएको छ । उक्त धरोहरा हेर्नका लागि दर्शकहरुको भिड लाग्ने गरेको महोत्सवका संयोजक राजकुमार खाँणले बताउनु भयो ।
महोत्सवमा विभिन्न प्रकारका ३ सय स्टल रहेका छन । महोत्सव हेर्नका लागि जिल्लाको गाउँ गाउँ देखि दर्शकहरु आउने क्रम बढ्दो छ ।

प्रकाशित मिति : २८ मंसिर २०७४ बिहिबार ००:००  १ : २८ बजे