७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

तीन महिनामै जनताले अनुभुत गर्ने गरि काम गर्छु – सांसद बलदेव



कपिलवस्तु, १ पुष ।
कपिलवस्तु क्षेत्र नम्बर १ का सांसद चक्रपाणी खनाल बलदेबले जनताले बिकासको नेतृत्व बलदेबबाट सम्भब छ भनेर जिताएको दाबि गर्नु भएको छ । सामुदायिक टेलिभिजन बुद्ध आवाजको स्टुडियोमा उपस्थित भएर अन्तरवार्ता दिदै नेता बलदेबले ३ महिनामै जनताले अनुभुत गर्ने गरि काम अघि बढाउने बताउनुभयो ।

कपिलवस्तुको क्षेत्र नम्बर १ मा बिकास निर्माणका काम ठेक्का लिएर पनि तोकिएको समयमा नगर्ने ठेक्दारको ठेक्का रद्ध गर्न बाध्य पार्ने गरि पहल गर्ने उहाले स्पष्ट पार्नुभयो । सांसद वलदेवले चुनावी घोषणपत्रमा उल्लेख गरिएको प्रतिबद्धता पुरा गरेर छाडने उद्घोष गर्नुभयो ।

निर्वाचनका बेला केपि ओली र प्रचण्डले चुनाव जितेपछि मन्त्री बनाउने उद्घोष गरिसकाले तपाईलाई कुन मन्त्रालय दिएमा उच्चतम काम गर्न सक्नु होला भन्ने प्रश्नमा नेता बलदेबले पहिलो प्रथामिकतामा गृह रहेको बताउनुभयो । दोस्रोमा भौतिक पूर्वाधार र तेस्रो क्षेत्रमा कृषि तथा सिँचाई मन्त्रालय आफूले पाए पनि उल्लेख्य काम गर्ने दाबि गर्नुभयो ।

कपिलवस्तु क्षेत्र नम्बर १ का मतदातालार्ई टेलिभिजन कार्यक्रम मार्फत आभार प्रकट गर्र्दैे बलदेबले जित्दा जिल्लाको बिकास निर्माणका कामले समेत जितेको तर्क गर्नुभयो । जनताको मतको अपमान हुन नदिने दावि गर्दै अर्काेपटक चुनावमा जादा जनताले सह्राना गर्ने नतिजा ल्याउने प्रतिवद्धता जनाउनु भयो ।

प्रकाशित मिति : १ पुस २०७४ शनिबार ००:००  १२ : २८ बजे