२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नगरभित्र सर्बोत्कृष्ठ कार्य सम्पादन गर्ने स्वयमसेबिका सम्मानित



मायादेवी अनलाइन, कपिलवस्तु, १ पुष ।
चौथो महिला स्वास्थ्य स्वयमसेबिका दिबसको अबसरमा बाणगंगा नगरपालिकाले एक कार्यक्रम सम्पन्न गरेको छ । दिबस मङसिर १९ गते परेको थियो तर कर्मचारीहरु चुनाबमा खटि सकेकाले शुक्रबार उक्त दिबस मनाईएको हो ।
दिबसको अबसरमा नगर क्षेत्र भित्र रहेका कुल १ सय १२ स्वयमसेबिकाहरु मध्येबाट सर्बोत्कृष्ठ कार्य सम्पादन गर्ने २ जना स्वयमसेबिकालाई नगद ३÷३ हजार, प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । सम्मानित हुनेमा कमला अर्याल र कमला चुदाली हुनुहुन्छ ।
त्यसैगरि उत्कृष्ठ कार्य सम्पादन गर्ने ५ जनालाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । यसरी उत्कृष्ठ कार्य सम्पादन गरेर सम्मानित हुनेमा अन्जना पहराई, जुना कुमारी राना, धनकली अर्याल, लिला थापा र चन्द्रा अधिकारी हुनुहुन्छ ।
बाणगंगा नगर उपप्रमुख चक्र अर्यालले कार्यक्रमको समापन समारोहमा बोल्दै स्वयमसेबिकाहरुले बाल मृत्युदर, मातृ मृत्युदर घटाउन उल्लेख्य भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । उहाले डब्लु एच ओ बाट सन २०१४ मा नेपालले पाएको अन्तराष्ट्रिय पुरस्कार स्वयमसेबिकाहरुको देन भएको जिकिर गर्नुभयो ।
उपस्थित सम्पुर्ण स्वयमसेबिकाको प्रतिनिधित्व गर्दै स्वयमसेबिका प्रभा पौडेल, पुरस्कृत हुनेहरुको तर्फबाट कमला चुदालीले मन्तव्य राख्नुभएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसिराम मरासिनी, नगर क्षेत्र अन्र्तगत पर्ने सम्पुर्ण स्वास्थ्य चौकीका प्र्रमुखहरु, ८० जना स्वयम सेबिकाहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी कमल ज्ञवालीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १ पुस २०७४ शनिबार ००:००  २ : ५३ बजे