११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

एसिसी यु–१६ क्रिकेट समेफाइनलमा आज नेपाल–मलेसिया भिड्दै



काठमाडौं, १ पौष ।
सोह्र वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शनिबार मलेसियासँग खेल्दैछ ।
थाइल्याण्डमा चलिरहेको प्रतियोगितामा समूह ‘ए’ को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो । नेपाल रहेको समूहमा आयोजक थाइल्याण्ड सहित हङकङ र म्यानमार रहेका थिए ।
यस्तै समूह ‘बी’ को उपविजेताको रुपमा मलेसियाले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो । मलेसिया रहेको समूहमा भुटान, चीन र सिंगापुर थिए ।

प्रतियोगितामा अपराजित रहेको नेपालले समू चरणको अन्तिम खेलमा म्यानमारलाई ३ सय ३७ रनले हराएको थियो ।

प्रकाशित मिति : १ पुस २०७४ शनिबार ००:००  ३ : ०१ बजे